English

विश्वप्रकाश शर्मा : तीन वर्षदेखि दसैँ छैन



आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन । पोहोर पनि थिएन । परार पनि थिएन । तर दसैँको रमझम लागेको छ । पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ । यसपालि विशेषत: घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ ।

गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ । आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु । दर्शनभेट हुन्छ । साथै विपन्न परिवारजनलाई पनि भेट्छु । शहीद परिवारजनलाई भेट्छु ।

आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु । शहीद श्यामसुन्दर यादवको घरमा पुगिसकेको छु ।  पार्टीका ज्येष्ठ नेतालाई भेट्छु । दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो । त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested