English

बाल्यकालको दसैं अनुभव

जहाँ दक्षिणा पाइन्थ्यो, त्यहीँ टीका थाप्न गइन्थ्यो



विपिन कार्की, अभिनेता

मोरङको बेलबारी नगरपालिकामा मेरो बाल्यकाल बित्यो । बाल्यकालको दसैं बेग्लै खालको रमाइलो थियो । नयाँ लुगा लगाउन पाइने, मासुभात खान पाउने, स्कुल जान नपर्ने, पिङ खेल्न पाइने ।

यी कुराले उत्सुकताका साथ दसैंको प्रतिक्षा एकदम धेरै हुन्थ्यो । अहिले व्यावहारिक रुपले सबै आफ्नो जिम्मेवारी थपिएकाले दसैं बाल्यकालको जस्तो रमाइलो छैन । दसैं आएको त्यो बेलाको जस्तो उल्लास पनि छैन । तर, अहिले पनि बुवा आमाको हातबाट टिका थाप्न विराटनगर जान्छु ।

दसैंमा मलाई पिङ खेल्न एकदमै रमाइलो लाग्थ्यो । देवताहरुमध्ये मलाई मन पर्ने देवी हुन् । जुन दसंैमा पूजिन्छन्, त्यो पनि राम्रो लाग्छ । म देवीहरुको मन्दिरमा समय मिलाएर गइराख्छु ।

दसैंमा लङ्गुर बुर्जा खेलिन्थ्यो । त्यो खुब खेल्थे । तर, तास मलाई खेल्न आउँदैन त्यसैले खेल्दिन । बाल्यकालमा पिङ, लाङ्रबुर्जा खेलेको स्मरण अझै पनि ताजै छ । लङ्गुर बुर्जा हल्लाउने बित्तिकै मनमा एकखालको ढुकढुकी हुन्थ्यो । साथीहरु पनि यो खेल भनेपछि निकै उत्साहित हुन्थे । तर, अहिले किन हो त्यतातिर ध्यानै जाँदैन ।

दसैंमा दक्षिणा, अशिर्वाद, सम्मान र श्रद्धाको लागि टीका लगाउने चलन रहेछ । बाल्यकालमा दक्षिणा जहाँ पाइन्थ्यो, त्यहीँ टीका लगाउन रमाइलो लाग्थ्यो । घरमा टीका लगाउँदा छोरी मान्छेलाई मात्र दक्षिणा दिइन्थ्यो । दिदीको दक्षिणा देखेर म पनि छोरी हुन पाएको भए नि हुन्थ्यो भन्ने लाग्थ्यो । मेरो मामाघर सुनसरी हो । जहाँ जाँदा दक्षिणा पाइन्थ्यो । त्यसैले मामाघर टीका लगाउन जान हुटहुटी हुन्थ्यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested