English

फरएभर नेपाल फोटो कम्पिटिसन हुँदै, विजेतालाई ६६ हजार रुपैयाँ पुरस्कार



फरइभर नेपाल फोटो कम्पिटिसन २०२१ हुने भएको छ । ‘धन्सार डट कम’ ले आयोजन गर्न लागेको उक्त प्रतिस्पर्धाको शनिबार घोषणा गरिएको हो ।

प्रकृति, संस्कृति र जीवनशैली गरी तीन विधाका फोटोले मात्र प्रतिस्पर्धामा स्थान पाउनेछ । हरेक विधाका विजेताले ६६ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक संस्थाले जनाएको छ ।

प्रतिस्पर्धाको निर्णायक मण्डलमा वरिष्ठ फोटोपत्रकार विकास रौनियार, मोनाआर्टका परिकल्पनाकार तथा के.जि.एच. ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन शाक्य, फोटो जर्नालिष्ट क्लबकी अध्यक्ष श्रुती श्रेष्ठ, केपिएका अध्यक्ष दिगम्बर राजवंशी, बरिष्ठ फोटोग्राफर बिकास खतिवडा र एनएफपिजेका अध्यक्ष प्रदिपराज ओन्त छन् ।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेले आउँदो कार्तिक ३० गते रातको ११ः५९ बजेभित्रमा सहभागिता जनाइसक्नु पर्नेछ । साथै, प्राप्त फोटोहरु मङ्सिर १ गते निर्णयक मण्डल र सार्वजनिक छनोटका अधारमा खुला गरिने छ । प्राप्त फोटोहरु मध्ये हरेक बिधाको नतिजा पौष १५ गते गरिने धनसार डटकमका तर्फबाट बिनोद अधिकारीले जानकरी दिए ।

Dhansar Press meet



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested