English

गुडनाइट– ‘बेलुका दाँत नमाझि निद्रै लाग्दैन’



नेपाल आइडलको पहिलो सिजनमा फ्रस्ट रनरअप भएका गायक निशान भट्टराईलाई नचिन्ने कमै होलान । उनले दर्जनौँ गीतमा स्वर भरेका छन् । ‘भुन्टी’, ‘के माया लाग्छ र’ लगायतका थुप्रै हिट गीत गाएका भट्टराईसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ताः

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

बाहिर भएको समयमा खाना खाने निश्चित समय हुँदैन । घर भएमा ८ देखि ९ बजे भित्र खाइसक्छु ।

खानामा के खानुहुन्छ ?

बिहान वा बेलुका खाना एक समयमात्र खान्छु । यदि बिहान भात खाएमा साँझ रोटी, फलफूल खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

काम परेमा ११ बज्छ , नभए १० बजे भित्र सुतिसक्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

बेडमा जानुअघि अनिवार्य ब्रस गर्छु । ब्रस नगरी सुत्दा निद्रा लाग्दैन ।

सिरानी कता पार्नुहुन्छ ?

पूर्व पार्छु ।

श्रीमती कुन साइडमा सुत्नुहुन्छ ?

यही भन्ने छैन ।

के लगाएर सुत्नुहुन्छ ?

कट्टु र गन्जी जस्ता हलुका किसिमका कपडा लगाउँछु ।

रक्सी खाने बानी छ, कि छैन ?

छैन ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

गीत सुन्छु, गीतको अभ्यास गर्छु । फिल्ममा रुचि भएकाले कहिलेकहीँ फिल्म पनि हेर्छु ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

युटयुब हेर्छु ।

अचानक निन्द्रा खुल्यो भने के गर्नुहुन्छ ?

अहिलेसम्म अचानक निन्द्रा खुलेको याद छैन ।

सपना देख्नु हुन्छ, कि देख्नुहुन्न ?

सपना देख्छु । तर, भनिन्छ नि ० दशमलब १ प्रतिशत मात्र याद हुन्छ, त्यसैगरी मलाई नि याद नै हुन्न ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested