English

युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको ‘ब्लु डायरी’ सार्वजनिक



युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच उक्त पुस्तक सार्वजनिक भएको हो । पुस्तकलाई लेखक आचार्यसँगै, अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला र पाठकका तर्फबाट कुशल घिमिरेले संयुक्त विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री मल्लले युवा पुस्ताको मन जित्न सक्ने पुस्तक बनेको बताइन् । ‘पुस्तकले सबै पक्षलाई समेट्ने प्रयास गरेको छ,’ प्रमुख वक्तासमेत रहेकी उनले भनिन्, ‘पुस्तकले कतै भाबुक त कतै उल्लासमय बनाउने क्षमता राखेको छ ।’

पत्रकार तथा साहित्यकार अश्विनी कोइरालाले पुस्तकले पाठकलाई कहिँ कतै अलमल हुन नदिने बताए । ‘पुस्तक सरल भाषामा प्रस्तुत भएको छ,’ उनले भने, ‘युवापुस्ताको मन जित्ने र पठन संस्कृतिकोे विकास गर्ने यस्तै पुस्तकले हो ।’

पुस्तकले प्रेम, जीवन र दर्शन बोकेको लेखक आचार्यले जानकारी दिए । साथै, पुस्तक पढेर प्रतिक्रिया दिन समेत आग्रह गरे । पुस्तकलाई बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested