English

यी हुन् आङ खस्नुका कारण र लक्षण, कसरी बच्ने ?



महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर (आङ) खस्ने मुख्य समस्या हो । महिलाहरुको पाठेघर खस्ने र पाठेघर सम्बन्धि समस्या बिशेषगरि ग्रामीण क्षेत्रमा बिकराल स्थिति छ । आङ खस्ने कारणहरु के–के हुन् ? र, बच्ने उपायको बारे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्द्र शोभा अमात्यको सुझाव यस्तो छ:

आङ खस्नु भनेको के हो ?

पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर खुकुलो भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ तन्तुहरुले पाठेघरलाई साथ छोडेपछि पाठेघर बाहिर आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ ।

कारण

– कम उमेरमा विवाह, गरिबी, अशिक्षा, प्रजनन अंगबारे पूर्ण जानकार नहुँदा
– ग्रामीण भेगमा छिटो–छिटो बच्चा जन्माउनु
– गर्भवती अवस्थामा भारी सामान उचाल्नु
– सुत्केरीमा उचित स्याहार–सुसार नपाउनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु
– वंषाणुगत


लक्षण


– ढाड कम्बर तथा सानो पेट दुख्ने
– टुक्रुक्क बस्दा कठिनाई हुने
– दिसा पिसाब गर्न गाह्रो हुने
– पिसाब छिटोछिटो लाग्ने
– योनीमा केही निस्केर बसेको जस्तो महसुस हुने
– योनीबाट सेतो पानी बग्नु

बच्ने उपाय


– सानै उमेरमा बच्चा नजन्माउने
– गर्भवती महिलाले गरुङ्गो भारी अथवा सामान नउठाउने
– गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने
– गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार सुसार गर्ने
– पाठेघर सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने

उपचार

– आङ खस्ने समस्याको अवस्था हेरेर यसको उपचार गरिन्छ । यदि पाठेघर अलिकति मात्र तल खसेको छ भने गुप्तांगमा रिङ पेसरीको माध्यमबाट झरेको पाठेघरलाई भित्रै अड्याइन्छ ।
– समस्या सामान्य छ वा पहिलो चरणमै छ भने सामान्य व्यायाम गराएर पनि उपचार गराउन सकिन्छ ।
– पाठेघर योनीबाट बाहिरै निस्किसकेको भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested