English

के हो फिस्टुला ? कसरी बच्ने ?



नशाहरुको बीच हुने एक असमान्य जोड नै फिस्टुला हो । चिकित्सकहरुका अनुसार आन्द्रा अथवा छालाको बीचमा, मलाशयको बीचमा फिस्टुला हुने सम्भावना हुन्छ । फिस्टुला विभिन्न प्रकारका हुन्छन् । तीमध्ये सबैभन्दा धेरै मात्रामा देखिने मलद्वारको फिस्टुला हो । यसले धेरैलाई दुःख दिएको पाइन्छ । त्यसैले फिस्टुलाका लक्षण के–के हुन् ? र, यसबाट कसरी बच्ने ? भन्ने विषयमा आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारीको सुझाव यस्तो छ :

लक्षण
– दिसा गर्ने ठाउँको वरपर वा नजिकमा खटिरा आएर अत्यन्त दुखाई हुनु
– मलद्वारमा पटक–पटक फोका आउनु
– मलद्वारको वरपर दुख्नु अथवा सुन्निनु
– दिशा गर्दा दुख्नु
– गुद्वारको छेउबाट रगत मिसिएको पीप आउनु
– गुद्वारको वरपरको छालामा जलन हुनु
– कब्जियत हुनु

कारण
– गुद्वारमा विगतमै चोट लाग्नु
– एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचनतन्त्र सुन्निएको हुन्छ
– गुद्वारको छेउछाउको छालामा फोका आउनु
– क्षयरोग अथवा एचआईभी संक्रमित हुनु
– गुद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता

बच्ने उपाय

– दिसा धेरै कब्जियत हुन नदिने
– बल गरेर दिसा नगर्ने तथा लामो समयसम्म दिसा नबस्ने
– मसलेदार तथा खुर्सानी, अदुवा, गरम मसला, दुध चिया र कफि कम सेवन गर्ने
– हरियो सागपात तथा फलफूल आवश्यक मात्रामा खाने
– शरीरलाई चाहिने आवश्यक मात्रामा पानी पिउने
– दैनिक रुपमा व्यायाम गर्ने
– फिस्टुलाको लक्षणहरु देखिएपछि हेलचेक्राईँ गरेर नबस्ने अस्पताल गएर चिकित्सकको सल्लाह लिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested