English

यस्तो छ विश्वकर्मा पूजाको महत्व, कसरी गर्ने पूजा ?



डा.वासुदेव कृष्ण शास्त्री

हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस हो । आज एक अर्ब ९५ करोड ९८ लाख ८५ हजार १ सय २२ वर्ष लाई सृष्टि संवत् मानिन्छ । सत्य युग ,त्रेता र द्वापर युग देखि नै यो वास्तु दिवस मनाइन्थ्यो । वास्तुको सृष्टि भगवान् शिवबाट भएको मानिन्छ ।

भगवान् शिवले वास्तु पुरुष उत्पन्न गराउनु भयो र विश्वकर्मालाई जगत बनाउने आदेश दिनुभयो भनिन्छ । पृथ्वी, जल, तेज, वायु, आकाश पाँच तत्वको सिर्जना भगवान् विश्वकर्माले गरेका थिए ।

दश दिशा उर्ध्व, ईशान, पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर र अधो हुन्छन् । दशै दिशाका सम्पूर्ण शक्तिहरुलाई सन्तुलित गरेर हामी घर निर्माण गर्छौ । वास्तु भनेको पृथ्वीको आकरण शक्ति हो । त्यसैल यो दिन एकदमै महत्वपुर्ण छ । आजको दिन कुनै पनि मेसिन तथा प्राविधिक काम गर्दा राम्रो मानिन्छ ।

१ असोजका दिन भगवान विश्वकर्माको जन्म दिन पनि हो । त्यसैले आज उनको पूजा गरिन्छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पूजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ । त्यसैले आजको दिन औजारहरुको पूजा गरिन्छ ।

पूजा विधि

बिहान नुहाएपछि चोखो कपडा लगाएर दियो बाल्ने र दियोको पूजा गर्ने त्यसपछि कलशको पुजा गर्ने, गणेशको पुजा गर्ने अनि विश्वकर्माको मूर्ति र हातहतियारको पुजा गर्ने । भगवान विश्वकर्माको पूजा–आरती गरेपछि पूजा सामग्रीहरु जस्तै, अक्षता, बेसार, फूल, पान, ल्वाङ, सुपारी, मिठाई, फल, धूपबत्ति तथा रक्षासूत्र आदिले विधिपूर्वक पूजा गर्नुपर्छ ।

भगवान विश्वकर्माको पूजा गरेपछि सबै हातहतियारलाई बेसार–अक्षता दल्नु पर्छ । त्यसपछि कलशलाई पनि बेसार, अक्षता र रक्षासूत्र चढाउने । त्यसपछि पूजा मन्त्रहरुको उच्चारण गर्ने । पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादी वितरण गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested