English

फूड पोइजन हुँदा देखिन्छन् यस्ता समस्या, कसरी बच्ने ?



दूषित खानाको सेवनले लाग्ने रोग नै फुड पोइजनिङ हो । विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेला जस्ता व्याक्टेरियल संक्रमणका कारणले फूड पोइजन हुने गर्छ । माछा, मासु अण्डा र दूग्धजन्य खाद्यवस्तुको सेवनले छिट्टै संक्रमण हुने हुँदा यस्ता खानेकुरा खाँदा विशेष सावधानी अपनाउनु पर्छ ।

कतिपय अवस्थामा हात नधोई खाना पकाउँदा या खाँदा पनि व्याक्टेरियाको संक्रमण हुन्छ । बासी, सडेको, दुषित पानी, रङ मिश्रित खाना, जंकफूड केमिनलयुक्त प्याकेटका खानाका कारण धेरैलाई फूड पोइजन हुने गर्छ । त्यसैले फूड पोइजनले हुने समस्या र बच्ने उपायका बारेका बारेमा फेमेली फिजिसियन डा. रमेश पन्तको सुझाव यस्तो छ :

फूड पोइजनका लक्षण

– पेट दुख्ने
– झाडापखाला लाग्ने
– मन्दज्वरो आउने
– थकित महसुस हुने
– टाउको दुख्ने
– वाकवाकी लाग्ने
– भोक नलाग्ने
– कमजोर महसुश हुने

बच्ने उपाय

– शुद्ध पानी पिउने
– पानी उमालेर र फिल्टर गरेर पिउने
– पकाइएको माछा, मासु, लामो समयसम्म राखेर नखाने
– धेरै खानेकुरा एकैपटक नखाने
– पकाएको खानेकुरा छोपेर राख्ने
– झिँगा भन्किएको खानेकुरा नखाने
– खाना पकाउँदा, र खानुअघि साबुन पानीले हात धुने
– फलफूल राम्रोसँग पखालेर मात्र खाने
– प्याकेजिङ खाना, पेयपदार्थ, मैदायुक्त, केमिकलयुक्त खाना नखाने

उपचार

– प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ ।
– शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन, शरीरमा पानीको कमी हुने बित्तिकै अस्पताल जानुपर्छ ।
– लगातार पेट दुख्ने, बान्ता हुने, दिसा लागिरहने भएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ र के कारणले पोइजनिङ भएको हो त्यही अनुसार उपचार गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested