English

किन बग्छ नाकबाट रगत ? कसरी बच्ने ?



कहिलेकहीँ एक्कासी नाकबाट रगत बग्ने समस्या धेरैलाई हुन सक्छ । यस्तो अवस्थामा सामान्यतः नाथ्री फुटेको भनेर सोच्न पुग्छौँ । शरीर खरो भएर नाथ्री फुटेको अनुमान लगाउँछौ । माथि हेरेर हातले नाक केही बेर छोपेपछि रगत आउन छोड्छ । तर, कसैकसैलाई समस्या भई नै रहन्छ । आखिर किन आउँछ नाकबाट रगत ? यसका पछाडि के–के कारण होलान् ? यस्ता समस्याबाट बच्न के गर्ने ? भन्ने बारे नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलको सुझाव यस्तो छ :

करिव ७० प्रतिशतमा नाकमा कुनै बाधा नपुगेको अवस्थामा पनि एक्कासी नाकबाट रगत बग्छ । त्यसैले शरीरको अन्य स्वास्थ्य अवस्थातर्फ समेत संकेत गरिरहेको हुन्छ । जसकारण हामीले यसलाई बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन ।

कारण
– सवारी दुर्घटना, नाक ठोक्किदा, बाह्य वस्तुले ठेस लाग्दा वा नाक कोट्याउनेजस्ता बानीले नाकको नशामा असर पुगेमा नाकबाट रगत बग्छ ।
– गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफै फुट्छन् र त्यहाँबाट रगत आउँछ ।
– ब्याक्टेरियल, भाइरस, रुघाखोकी, पिनास, एलर्जी, ट्युमर, धेरै हाछ्यँु आएमा र मतिष्कको अगाडिको भागमा ट्युमर भएमा ।
– अन्य कुनै किरा नाकभित्र प्रवेश गरेमा वा केटाकेटीले नाकभित्र केही बाह्य वस्तुहरु पसाएमा ।
– शरीरमा रगत जम्ने तत्व (भिटामिन ए, सी, के र रक्तकोष) को अभाव हुनु
– रगत बन्ने प्रकृयामा अवरुद्धता रक्तअल्पता भएमा
– ब्लड क्यान्सर मुटुरोग मिर्गाैलासम्बन्धि रोग कलेजोको खराबी भएमा
– वातावरणीय सुख्खापन रुघाखोकीको कारणले नाक सिँ–सिँ गरिरहेको खण्डमा पनि नाकबाट रगत बग्ने हुन्छ ।

रोक्ने उपाय
– नाकबाट रगत आएमा बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्यापेर १० मिनेटसम्म अगाडिपट्टि निहुरिनुपर्छ । योबेला मुखबाट श्वास फेर्नुपर्छ ।
– १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ । प्राथमिक उपचारले रगत नरोकिए कारण गम्भीर हुनसक्छ ।
– विभिन्न रोगको असरका कारण रगत आएको हो भने दीर्घकालीन रोकथामका लागि मूल रोगकै उपचार गर्नुपर्छ ।
– एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्ता व्यक्तिले घामबाट बाहिर निस्कँदा होस पु¥याउनुपर्छ ।
– रुघाखोकीले नाकमा संक्रमण गराउने हुँदा यो अवस्थामा पनि ख्याल गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested