English

गुड नाइट : बेलुका खाना खाँदिन, ड्रिंक्स गर्ने बानी छैन



अञ्जली अधिकारी पछिल्लो समयकी चर्चित मोडल हुन् । उनले अभिनय गरेको ‘बनकी चरी’, ‘बोल माया,’ ‘गलबन्दी’ लगायतका थुप्रै गीत हिटको सुचीमा छन् । पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी अधिकारीसँग मेरोलाइफस्टाइलले गरेको गुड नाइट वार्ता यस्तो छ :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

प्राय साँझको खान खाँदिन । खानै पर्यो भने एकदम कम खान्छु ।

के खानुहुन्छ त ?

फलफूल खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

सुत्ने समय फिक्स नै हुँदैन । सुट भएन भने १० देखि ११ बजे भित्र सुतिसक्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

दुई तीन ग्लास तातो पानी खान्छु । बाथरुम गएर फ्रेस हुन्छु । फोन चार्जमा राखेर बिहान सुटमा जाने ड्रेस तयार गर्छु ।

सिरानी कता पार्नुहुन्छ ?

सिरानी पूर्वतिर पार्नु भन्छन्, पूर्व नै छ ।

के लगाएर सुत्नुहुन्छ ?

नाइटी लगाउँछु ।

बेलुका ड्रिंक्स नि गर्नुहुन्छ कि ?

ड्रिंक्स गर्ने बानी छैन । तातो पानी खाएर सुत्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

समान्यतः मोबाइल नै चलाउँछु ।

मोबाइलमा के चलाउनु हुन्छ ?

आफ्नो नयाँ–नयाँ रिलिज भएका गीत हेर्छु र सेयर गर्छु । न्युजहरु फलो गर्छु । त्यति कुराहरू चेक गरेपछि फोन जार्चमा राखेर सुत्छु ।

सपना देख्नु हुन्छ कि हुन्न ?

सुतेपछि सपना त देखिन्छ तर कहिले याद हुन्छ, कहिले हुँदैन ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

थकाई लागेको हुन्छ, निन्द्रा नलाग्ने कुरै भएन । तर, कहिलेकाँही चिन्ता भएर निन्द्रा लागेन भने गीत सुन्छु । पुस्तक पढ्छु अनि निदाउँछु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested