English

सुखी र सरल जीवन बिताउन चाहनुहुन्छ ? यसरी गर्नुहोस् अर्थ व्यवस्थापन



मान्छेले जीवनशैलीलाई सहज बनाउन गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत विभिन्न योजना बनाएका हुन्छन् । यद्यपि, यी सबै पैसासँग जोडिएका छन् । अहिलेको परिस्थितिमा अर्थ व्यवस्थापनको महत्व निकै नै बढ्दै गएको छ । समयमै अर्थ व्यवस्थापन गर्दा भविष्यमा सुखी र सरल जीवन बिताउन सकिन्छ । त्यसो त यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे वित्तिय साक्षरता अभियन्ता इन्दिरा पन्तको सुझाव यस्तो छ :

आफ्नै आर्थिक अवस्था बुझ्ने

सरकारी वा गैरसरकारी क्षेत्रमा रोजगारी गर्दै गर्नुहुन्छ भने तपाईको आम्दानी कति छ ? त्यो बुझुन जरुरी छ । सोहीअनुसार आधारभूत खर्च कटाएर अवकाशपछि आफ्ना लागि जरुरत पर्ने पैसाका लागि अरु कोही कसैसँग भर पर्नु नपरोस् भन्ने धेयका लागि पनि योजना बनाउनु जरुरी छ ।

बचत गर्ने बानी बसाल्ने

आम्दानी भएको रुपैयाँबाट आधारभूत खर्च कटाएर अवकाश जीवनका लागि, कुनै सम्पति जोड्नका लागि वा स्वास्थ्य सुरक्षाका लागि बचत गर्नु पर्छ । बचत सजिलै गर्न सकिँदैन तर बचतको लागि दैनिक कार्य गरे जस्तो बानी बसाल्नुपर्छ । जुन विस्तारै परिवारमा एउटा बचत संस्कृति बन्न सक्छ ।

लगानीको योजना

आम्दानी गर्न सुरु भएपछि केही प्रतिशत रुपैयाँ लगानीका लागि योजना बनाउन जरुरी छ । कम उमेरमा नै लगानीको सुरुवात गर्दा, त्यसबाट भविष्यमा राम्रो पैसा जम्मा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष, सेयर बजारको आइपिओमा समेत लगानी गर्न सक्नुहुन्छ । यसका साथै कुनै व्यापार व्यवसायमा लगानी गर्ने भए त्यसको बारेमा राम्रो अध्ययन गर्न जरुरी हुन्छ ।

सुरक्षाका लागि बीमा

पैसा बचत गर्ने वा व्यवस्थापन गर्ने अर्को राम्रो उपाय जीवन बीमा पनि हो । कम उमेरमा नै स्वास्थ्य बीमा गरियो भने तपाईले कम प्रिमियम तिर्दा पनि हुन्छ । त्यसैगरी कुनै व्यापार व्यवसाय थलानी गर्दा त्यसको बीमा गर्दा राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested