English

सुखी र सरल जीवन बिताउन चाहनुहुन्छ ? यसरी गर्नुहोस् अर्थ व्यवस्थापन



मान्छेले जीवनशैलीलाई सहज बनाउन गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत विभिन्न योजना बनाएका हुन्छन् । यद्यपि, यी सबै पैसासँग जोडिएका छन् । अहिलेको परिस्थितिमा अर्थ व्यवस्थापनको महत्व निकै नै बढ्दै गएको छ । समयमै अर्थ व्यवस्थापन गर्दा भविष्यमा सुखी र सरल जीवन बिताउन सकिन्छ । त्यसो त यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे वित्तिय साक्षरता अभियन्ता इन्दिरा पन्तको सुझाव यस्तो छ :

आफ्नै आर्थिक अवस्था बुझ्ने

सरकारी वा गैरसरकारी क्षेत्रमा रोजगारी गर्दै गर्नुहुन्छ भने तपाईको आम्दानी कति छ ? त्यो बुझुन जरुरी छ । सोहीअनुसार आधारभूत खर्च कटाएर अवकाशपछि आफ्ना लागि जरुरत पर्ने पैसाका लागि अरु कोही कसैसँग भर पर्नु नपरोस् भन्ने धेयका लागि पनि योजना बनाउनु जरुरी छ ।

बचत गर्ने बानी बसाल्ने

आम्दानी भएको रुपैयाँबाट आधारभूत खर्च कटाएर अवकाश जीवनका लागि, कुनै सम्पति जोड्नका लागि वा स्वास्थ्य सुरक्षाका लागि बचत गर्नु पर्छ । बचत सजिलै गर्न सकिँदैन तर बचतको लागि दैनिक कार्य गरे जस्तो बानी बसाल्नुपर्छ । जुन विस्तारै परिवारमा एउटा बचत संस्कृति बन्न सक्छ ।

लगानीको योजना

आम्दानी गर्न सुरु भएपछि केही प्रतिशत रुपैयाँ लगानीका लागि योजना बनाउन जरुरी छ । कम उमेरमा नै लगानीको सुरुवात गर्दा, त्यसबाट भविष्यमा राम्रो पैसा जम्मा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष, सेयर बजारको आइपिओमा समेत लगानी गर्न सक्नुहुन्छ । यसका साथै कुनै व्यापार व्यवसायमा लगानी गर्ने भए त्यसको बारेमा राम्रो अध्ययन गर्न जरुरी हुन्छ ।

सुरक्षाका लागि बीमा

पैसा बचत गर्ने वा व्यवस्थापन गर्ने अर्को राम्रो उपाय जीवन बीमा पनि हो । कम उमेरमा नै स्वास्थ्य बीमा गरियो भने तपाईले कम प्रिमियम तिर्दा पनि हुन्छ । त्यसैगरी कुनै व्यापार व्यवसाय थलानी गर्दा त्यसको बीमा गर्दा राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो