English

यी चार जिल्लामा बन्दै छ, आधुनिक पशुपन्छी बजार



पशुपन्छी बजार अर्थात पशुपन्छी बिक्री वितरण गर्ने स्थान । जहाँ किसानले उत्पादन गरेका पशुपन्छी सजिलै किनबेच गर्न सक्छन् । यसलाई पशुपन्छी हाटबजार पनि भन्ने गरिन्छ ।

के हो आधुनिक पशुपन्छी बजार ?

पशुपन्छीलाई घाम र पानीबाट जोगाएर किसानले व्यवस्थित रुपमा पशुपन्छी बिक्री वितरण गर्ने स्थान हो । यस स्थानमा किसानले बिक्री गर्न ल्याएका पशु बाँध्ने स्थान, खानेपानीको व्यवस्था जस्ता सुविधा सम्पन्न रहेको नेपाल लाईभस्टक सेक्टर एनोभेसन आयोजनाका गुनासो अधिकारी विश्वनाथ गौतम बताउँछन् ।

यी जिल्लामा बन्दै पशुपन्छी बजार

रूपन्देहीको सियारी गाउँपालिका, चितवनको रत्ननगर नगरपालिका, मोरङको रंगेली नगरपालिका र बर्दियामा आधुनिक पशुपन्छी बजारको भौतिक संरचना निर्माण भैरहेको छ । स्थानीय तहको मागमा यो बजारको निर्माण गर्न लागिएको हो । निमार्ण कार्य विगत एक वर्षदेखि भइरहेको र अब एक वर्ष भित्रमा सम्पन्न हुने गौतमले जनाए । ‘मोरङका र रूपन्देहीमा निर्माण कार्य २० प्रतिशत, चितवन र बर्दियामा ६० प्रतिशत काम सकिएको छ,’ गौतम भन्छन्, ‘व्यवस्थित ढंगको पशुपन्छीको किनबेच हुने विश्वास लिएका छाँै ।’

के छ फाइदा ?

आधुनिक पशुपन्छी बजारमार्फत किसान सिधै ग्राहकसँग पशुपन्छीको बिक्री वितरण गर्न पाउने छन् । पशुपन्छी बिक्रि गर्दा किसानको उत्पादन लागत घट्ने छ । यस बजारबाट बिचौलियाको ठगीबाट उपभोक्ता बच्नुका साथै किसानले सही मूल्य पाउने विश्वास गौतमको छ । ‘खरिद गर्नेले कम मूल्यमा खरिद गर्न पाउने र बिक्री गर्नेले बढी मूल्य पाउने देखिन्छ ।’ गौतम भन्छन्, ‘पहिलाको पशुपन्छी हाट बजारमा पशुपन्छी भिज्ने, पानी पिउन नपाउने, बाँध्ने ठाउँ नहुने जस्ता समस्या यसमा हुँदैन ।’

एनोभेसन आयोजनाले स्थानिय तहको मागमा आधुनिक तरिकाले संरचना बनाएर यस बजारको निर्माण गरिरहेको छ । र, निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई नै हस्तान्तरण गरिने छ । स्थानीय तहको मातहतमा रहेर संचालन हुने गौतमले बताए । ‘हामीले संरचान मात्र बनाएका हौँ,’ गौतम भन्छन्, ‘किसानले स्थलमा आफ्नो पशुपन्छी राखेवापत पैसा दिने वा दिने स्थानीय तहको मातहतमा हुनेछ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested