English

चीनबाट ८ लाख ‘भेरोसेल’ नेपाल आइपुग्यो, साउन १५ भित्र ३२ लाख खोप आइपुग्ने



छिमेकी मुलुक चीनबाट बिहिबार कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा नेपाल आइपुगेको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहिबार खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।

उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested