English

किन बस्ने साउने सोमबारको व्रत ? यस्तो छ कारण



साउन महिना शिवसँग जोेडिएको महिना हो । विशेषगरी महिलाहरु साउनको सोमबार व्रत बसि शिवको पूजा आराधना गर्छन् । यसो गर्दा आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । त्यसो त हिन्दु धर्मावलम्बीहरु साउन महिनलाई विशेष महत्वका लिन्छन् । यस महिनामा धेरै वर्षा हुँदा पानीमा विकार पदार्थहरु मिश्रित भएका हुन्छन् । जसकारणले व्रत बस्दा पेट सफा र पाचन प्रणाली सन्तुलन भएर व्यक्तिको जीवशैली स्वस्थ्यकर हुन्छ ।

व्रतको विशेषता

शिवजीलाई जल अत्याधिक प्यारो लाग्छ । त्यसो त साउनमा पानी पर्ने भएकाले यसलाई शिवको खास महिना मानिन्छ । शिवले विष धुँदा शरीर जलन भइरहेको हुन्छ । जसकारणले जलधारा प्रिय शिव भनेर जल चढाइन्छ । सोमबार शिवको पुजा, आराधना, व्रत, उपासना गर्दा भक्तहरुप्रति प्रशन्न र खुसी हुने शास्त्रमा उल्लेख छ ।

यसका साथै साउनको सोमबार शिवको पूजाअजा गरेमा मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । अविवाहित युवतीहरुले साउनमा व्रत बसेर राम्रो पति पाउँ भन्ने चाहना राख्दछन् भने उसको मनले चिताएको जीवनसाथी पाउँछन् भन्ने मान्यता पनि छ । विवाह भएकाले पुत्र चाहेमा व्रत बस्दा प्राप्त हुन्छ । यसैगरी धन–सम्पतिका साथसाथै प्रसिद्धि पनि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कसरी बस्ने व्रत ?

व्रत बस्दा दिनभरी जल, फल खाने र बेलुका भगवान शंकरको पुजा गरेर खीर वा शाकाहारी भोजन बनाएर खान सकिन्छ । साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन । व्रत बस्दा महिना भरी माछा, मासु, अण्डा, प्याज, लसुन र मसुरोको दाल खानु हुँदैन । यसका साथै सकेसम्म गाँजर पनि नखानु राम्रो मानिन्छ । यस्तो खानाले भगवानप्रति चिन्तन नभई मन अन्यत्र डुल्न सक्छ । त्यसैले शाहाकारी भोजनसँगै शुद्ध मनले व्रत बस्दा चिताएको कुरा पुरा हुन्छ ।

(देवघाट हरिहर सन्यास आश्रमका ब्रम्हचारी डा. नवराज पौडेलसँग गरिएको कुराकानीमा आधारित )



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested