English

साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?



डा. गुरुप्रसाद सुवेदी, संस्कृतिविद्

साउनमा महिलाहरुले हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन छ । त्यसैले साउन महिना सुरु भएसँगै हरियो, पहेंलो पहिरन, हातमा मेहेन्दी र चुरा लगाएका महिलाहरुको चहलपहल बाटोघाटो तथा मठमन्दिरमा देखिन्छ । साना–साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् । तर, साउनमा हरियो पहिरन चुरा मेहेन्दी किन लगाइन्छ ? भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ ।

साउन प्रकृतिले नयाँ स्वरुप परिर्वतन गर्ने समय हो । प्रकृतिमा हरियो पन आउने भएकोले आफूलाई पनि प्रकृतिसँग अनुकुल गराउन हरियो पहिरन लगाउने हरियो बोटबिरुवाहरुको पातबाट विभिन्न श्रृंगारको सामानहरु बनाएर लगाउने चलन परापुर्व कालदेखि रहँदै आएको छ । अर्को कुरा साउन महिना भगवान् शिवको एकदम प्यारो महिना भएकाले पनिे बेल पत्र तथा अन्य सामाग्रीहरुबाट पुजा गरिन्छ । त्यसैले पनि हरियो रंग लगाउने चलन छ ।

भगवान शिवलाई कुनैपनि वैभव चाहिँदैन त्याग प्रवृति भएपुग्छ । त्यसैले म पनि सबै कुरा त्यागेर शिवको चरणमा जाँदै छु भन्ने अर्थमा पहेँलो वस्त्रको प्रयोग गरिने चलन चल्दै आएको छ । प्राकृतिक जडिबुटीहरुको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकुल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिकै हो । एकातिर श्रृंगार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकुल हुने भएकोले मेहेन्दी लगाउने चलन छ ।

यसरी हरियो रंग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो । हरिया, पहेँला बस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पुजा आरधना गर्दा मनोकांक्षा पुरा हुने धार्मिक मान्यता पनि छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रंगको हुन्छ श्रीमान वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested