English

सोमबारबाट विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय



कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)ले सोमबारबाट देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ रोकथामका लागि भन्दै आइतबार बसेको सीसीएमसीको बैठकले पौष २६ (सोमबार)देखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षता बसेको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थान जस्तै, होटल, रेष्टुरेन्ट, सिनेमा हल, सपिङ मलमा जानका लागि अनिवार्य कोभिड खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ ।

साथै, अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको नेपालले जानकारी दिइन् ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा राखेर परीक्षा सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नेपालले जानकारी दिइन् । ‘परीक्षा केन्द्रमा मास्क स्यानिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधानलाई कडाई साथ परिपालना गराएर परीक्षा नियमित सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले प्रष्ट पारिन् ।

त्यस्तै, माघ ३ गतेदेखि नै आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाईमात्र बोर्डिङ पास दिने निर्णय भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested