English

समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रा बोकेको ‘रोड टु एभरेस्ट’ को टिजर सार्वजनिक



नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो नै पहिलो डकुमेन्ट्री भएको निर्माणपक्षको दाबी रहेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फस्र्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ ।

यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ ।

वृत्तचित्रले सगरमाथाको भव्यता मात्र होइन, आरोहणको जोखिम, शेर्पा समुदायको अथक योगदान, मानव साहस र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई पनि गहिराइका साथ प्रस्तुत गरेको छ । यसले सगरमाथालाई केवल एउटा हिमालका रूपमा होइन साहस र अठोटको प्रतीकका रूपमा व्याख्या गर्ने प्रयास पनि गरेको छ ।

निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको ‘रोड टु एभरेस्ट’ मा किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिनेछन् । फुर्वाले १८ र निमाले विश्वकै १४ अग्लो हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यो यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा देखिनेछन् ।

निर्माण टिमका अनुसार ‘रोड टु एभरेस्ट’ को पहिलो नेपाल प्रिमियर भदौ ६ (२२ अगस्ट २०२६) मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ (१३ सेप्टेम्बर २०२६) मा हङकङबाट सुरु हुनेछ । त्यस लगत्तै वृत्तचित्रलाई नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् ।

भुषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा रहेको छ । नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो नै पहिलो डकुमेन्ट्री भएको निर्माणपक्षको दाबी रहेको छ।

सामाजिक संस्था वि विल राईज फाउण्डेसनद्वारा निर्मित यस वृत्तचित्रले विश्वभर नेपालको पर्यटन प्रर्वद्धनमा समेत टेवा पु¥याउने उद्देश्यसहित यसको निर्माण भएको बताएको छ ।  फस्ट लुक पोस्टर र टिजरले दृश्य सौन्दर्य,भावनात्मक तर जोखिमयुक्त यात्रा र अदम्य साहसको पहिलो झलक प्रस्तुत गरेको छ । वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ ।



...
dewatogel

Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post

...
dewatogel

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

Latest










Popular
Suggested