‘मिस एसइई २०२६ इटहरी’ को ग्राण्ड फिनालेबाट सुनुमा लिम्बुले जितिन् ताज
इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सम्पन्न ग्रान्ड फिनालेबाट सुनुमा लिम्बूले यस वर्षको ‘मिस एसइई २०२६ इटहरी’ को ताज पहिरिएकी छन् । ओपन स्पेस प्रालिको आयोजनामा जेठ २४ गते आइतबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न छैठौं संस्करणको ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै सुनुमाले यो प्रतिष्ठित उपाधि चुमेकी हुन् ।

साँझ ६ बजेदेखि सुरु भएको प्रतिस्पर्धात्मक कार्यक्रमको अन्तिम नतिजा घोषणा गर्दा रातिको करिब १० बजेको थियो । जसमा सुनुमाले मुख्य उपाधिका साथै ‘मिस इन्टलेकच्युल’ र ‘मिस पब्लिक च्वाइस’को विधामा पनि आफूलाई अब्बल साबित गरिन् । यसैगरी, प्रतियोगितामा सितल भण्डारी फस्ट रनरअप बन्न सफल भइन् भने रिया चौधरीले सेकेन्ड रनरअपको उपाधि हात पारिन् । त्यस्तै, दिया महतलाई ‘अर्गनाइजर च्वाइस’ विजेता घोषणा गरिएको थियो ।

विजेताहरूलाई सौन्दर्य प्रतियोगिताको ताज मात्र नभई उच्च शिक्षाका लागि महत्त्वपूर्ण अवसरसमेत प्रदान गरिएको छ । सुष्मा गोदावरी कलेजको तर्फबाट मुख्य विजेता सुनुमालाई १०० प्रतिशत, फस्ट रनरअप सितललाई ७५ प्रतिशत तथा सेकेन्ड रनरअप रिया र अर्गनाइजर च्वाइस विजेता दियालाई ५०/५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

यसका अलावा विजेताहरूले ‘फुडशाला’ क्याफेको तर्फबाट १० हजार रुपैयाँ र ‘ओएसिस रुफटप’बाट ७ हजार रुपैयाँ बराबरको फुड भौचर प्राप्त गरेका छन् । साथै, ‘लुक मि कस्मेटिक’का तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि वितरण गरिएको थियो । नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त कुमार रुपाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा कन्टेन्ट क्रिएटर इशा थापा, जेरी लिम्बू र चर्चित र्यापर पल्टने विशेष अतिथिका रूपमा उपस्थित थिए ।

प्रतिस्पर्धीहरूको बौद्धिकता र प्रस्तुतिको मूल्यांकन गर्न निर्णायक मण्डलमा ‘मिस नेपाल आइडल २०१८’ की मेरिना तुम्सा लिम्बू, युवा व्यवसायी सुजन घिमिरे, ‘मिस एसइई २०१९’ की स्वेच्छा बस्नेत र सुष्मा कलेजकी लेक्चरर रेश्मा राया श्रेष्ठ रहेका थिए । कार्यक्रममा मुख्य उपाधिका अतिरिक्त प्रतिस्पर्धीहरूको विशेष क्षमतालाई मुल्याङक गर्दै विभिन्न सब-टाइटलहरू समेत वितरण गरिएको थियो ।

जस अन्तर्गत मिस पब्लिक च्वाइस र मिस इन्टलेकच्युल सुनुमा लिम्बू, मिस ट्यालेन्ट रिया चौधरी, मिस फोटोजेनिक दिया महत, मिस क्याटवाक सितल भण्डारी, मिस डिसिप्लिन अरुशा गौतम, मिस राइजिङ स्टार युनीता घिमिरे, मिस फ्रेन्ड्ली फार्बेद तामाङ, मिस पर्सनालिटी सफलता गिरी र ब्युटी विथ अ प्रपस सोफिया राजधामीलाई दिइएको छ ।

एसइई दिएर बसेका छात्राहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको नेतृत्व ओपन स्पेस प्रालिकी सिइओ सजिना श्रेष्ठले गरेकी थिइन् । इभेन्ट डाइरेक्टरको जिम्मेवारी सरोज श्रेष्ठले सम्हालेको यस प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् । छैठौं संस्करणसम्म आइपुग्दा यो प्रतियोगिता पूर्वकै एक प्रतिष्ठित इभेन्टको रूपमा स्थापित भएको आयोजकले जनाएको छ ।












LC88
LC88 tự hào là thương hiệu cá cược dẫn đầu thị trường năm 2026, mang đến hệ sinh thái giải trí đỉnh cao từ Casino, Thể Thao đến Xổ Số trực tuyến với tỷ lệ thưởng hấp dẫn. Chúng tôi cam kết thiết lập một môi trường cá cược minh bạch, bảo mật tuyệt đối và trải nghiệm mượt mà trên mọi nền tảng. Đừng bỏ lỡ cơ hội nhận ưu đãi 88K dành cho thành viên mới bằng cách nhấn nút Đăng Ký ngay tại góc trên bên phải màn hình để bắt đầu hành trình chinh phục giải thưởng cùng LC88! Brand name: LC88 Website: https://transforminglives.uk.com/ Địa chỉ: 71b Đ. Văn Cao, Liễu Giai, Ba Đình, Hà Nội, Việt Nam Phone: 0365899999 Email: [email protected] Hashtag: #lc88 #lc88com #lc88club #nhacailc88 #trangchulc88 #lc88casino #lc88game #lc88win #lc88link