English

यो हो संसार कै डरलाग्दो पुल



संसारमा यस्ता पुलहरूको कमी छैन जुन आफैँमा धेरै विशिष्ट छन्। यी मध्ये केही पुलहरू यस्ता पनि छन् जसलाई विश्वकै सबैभन्दा खतरनाक पुल मानिन्छ । यस्तै एउटा पुल चीनको हुनान प्रान्तमा बनेको छ । जसलाई विश्वकै सबैभन्दा खतरनाक र डरलाग्दो पुलहरूमा गनिन्छ। यो पुलमा जान त टाढाको कुरा, देख्ने बित्तिकै मानिसको होस उड्छ ।

यो पुललाई विश्वको सबैभन्दा खतरनाक स्काईवाकमा पनि गनिन्छ । जुन सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरिएको थियो । यो पुलको नाम ‘कोइलिङ ड्रागन क्लिफ’ हो । यसलाई ‘मृत्युको पुल’ भने पनि गलत हुनेछैन, किनकि यहाँ अलिकति गल्तीले पनि मृत्यु हुन सक्छ । यो पुलमा हिँड्ने हिम्मत कमैले गर्छन् । तर, रोमाञ्चक मनोरञ्जन मन पराउनेहरू यस पुलमा हिँड्न पुग्छन्।

यो पुल दुई पहाडको बिचमा रहेको छ । यस पुलको डिजाइन जेड कपासबाट प्रेरित छ। यसको बनावट घुमाउरो छ, जुन चीनमा सौभाग्यको प्रतीक मानिन्छ। यो तीन वटा झुकेका पुलहरू जोडेर बनाइएको हो। चीनको यो पुल विश्वको सबैभन्दा लामो र अग्लो पुल हो ।

यो पुल इजरायली आर्किटेक्ट हैम डोटनले डिजाइन गरेका हुन्। मानिसहरू यहाँ बन्जी जम्प गर्न वा जिप लाइन चलाउन पनि आउँछन्। सन् २०२० मा पोर्चुगलमा पनि यस्तै पुल खोलिएको थियो। यसअघि २०१८ मा चीनले हङकङदेखि मकाउसम्म ३४ माइल लामो १५ अर्बको पुल खोलेको थियो। जुन अहिलेसम्म बनेको सबैभन्दा लामो समुद्री पार पुल हो।

यो पनि…
बेहुली होइन, यहाँ विवाहपछि बेहुला अन्माइन्छ !
जसको सन्तान २०० भन्दा बढी थिए



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested