English

सेयर बजारमा सामान्य गिरावट



सेयर बजार परिसूचक नेप्से आज सोमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । हिजो आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो ।

आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested