English

सेयर बजारमा रौनकता



सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो ।

४३ अंक माथिले नेप्से बढेको आज कारोबार रकमा समेत तीब्रता आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

आज मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४.०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४.०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३.८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हारहारीका कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested