सुन–चाँदीको मूल्यमा वृद्धि
मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो। सोमबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










skapa binance-konto
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/futures/ref?code=IHJUI7TF