English

सेयर बजारमा हरियाली



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १४.३५ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.७८ प्रतिशतले बढेर १८५८.४९ बिन्दुमा पुगेर बन्द भएको हो।

आज २२१ वटा धितोपत्रको ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार रुरु जलविद्युत परियोजना र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ८३६ रुपैयाँ र २८५ रुपैयाँमा बन्द भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ। योजनाको इकाइ मूल्य ९.५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ ५ पैसामा झरेको छ।

त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७६७ रुपैयाँ १० पैसा कायम भएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री एभरेष्ट बैंकको भएको छ। कम्पनीको ५०४ रुपैयाँ ९० पैसामा ५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ८०८ रुपैयाँमा ३ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.७७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.२८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

आज निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक समूहको परिसूचक १.०२ प्रतिशत र जलविद्युत समूहको परिसूचक १ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested