English

दोहोरो अंकले घट्यो सेयर बजार



बुधबार सेयर बजार १२ अंकले घटेको छ । कारोबार समयदेखि ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १८ सय ४५ अंकमा पुगेर रोकिएको छ । यस्तै, सेन्सेटिभ समूहमा २.६६ अंक घटेर ३६२ अंकमा पुगेर रोकिएको छ ।

यसक्रममा आज २१ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । परिसूचक दोहोरो अंकले घट्दा होटल र टुरिजम समूह र म्यूचुअल फण्ड समूहमा वृद्धि देखिएको छ ।

होटल र टुरिजम समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएको छ । यसबाहेक, आज निर्जीवन बीमा समूहमा ५५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह ४५ अंक, उत्पादनमूलक ४२, वित्त समूह ३९ अंक र जलविद्युत समूह ३५ अंकले घटेको छ ।

परिसूचक घटेपनि आज २ वटा कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ८८८ रुपैयाँ पुगेको छ । यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested