English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



साताको तेस्रो कारोबार दिन सेयर बजार १५.९२ अंकले बढेको छ। आज नेप्से ०.८८ प्रतिशतले बढेर १८३१.०५ बिन्दुमा पुगेर बन्द भएको छ।

आज २२९ वटा धितोपत्रको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार सामुदायिक लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर ९.९७ प्रतिशतले वृद्धि भएर एक हजार ३०५ रुपैयाँ ९० पैसामा बन्द भएको छ।

त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३६८ रुपैयाँ ७० पैसा पुगेको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा गरिमा डिवेञ्चर २०८५ रहेको छ। सो डिवेञ्चरको मूल्य १० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८१० रुपैयाँ ९० पैसामा झरेको छ।

त्यस्तै, इबिएल डिवेञ्चर २०८६ को मूल्य ५.८८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९४१ रुपैयाँ २० पैसा कायम भएको छ। आज सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। कम्पनीको २ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०।४१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४८६ रुपैयाँ कायम भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ७७० रुपैयाँमा २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०।२८ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ०।९ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०।२७ प्रतिशतले घटेको छ बाँकी सबै समूहको परिसूचक बढेको छ।

आज वित्त समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ। दोस्रोमा विकास बैंक समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested