English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



बिहीबार नेप्से परिसूचक १४.७१ अंकले बढेको छ। केही दिनयता सेयर बजार दिनहुँ बढ्दो छ। अघिल्लो दिन नेप्से परिसूचक ५९.५४ अंकले बढेको थियो।

नेप्से बढेसँगै आज कारोबार रकम बढेको छ। आज २२० किसिमका धितोपत्र तथा ऋणपत्रको ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम दुई अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ कायम थियो।

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १४१ वटाको मूल्य बढेको छ भने जम्मा ६२ वटाको मूल्य घटेको छ। आज एनआइबिएल प्रगति फन्डको सबैभन्दा धेरै ९.९८ प्रतिशतले मूल्य बढेको छ।

यसपछि प्रभु सेलेक्ट फन्डको ७।९७ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावरको ७।१४ प्रतिशतले मूल्य बढेको छ। त्यसैगरी, बिहीबार सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्सको ५.०१ प्रतिशतले मूल्य घटेको छ।

आज कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको २.०४ प्रतिशत, फाइनान्सको १.६१ प्रतिशत र माइक्रोफाइनान्सको १.२८ प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको ३० करोड १८ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १३ लाख ८१ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख ५८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड ३९ लाख ७१ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested