English

विद्युत अभावमा विद्यालयको कम्प्युटर प्रयोगविहीन



मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् । ७ बर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी क्यामरा र ईन्टरनेट सेवा सहयोग गरिए पनि उक्त बिद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र ईन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् ।

७ बर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट बिद्यालयलाई सौर्य पाता सहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रबिधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरण कम्प्युटर, सीसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पँहुच नहुँदा लाखौ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

गाउँका सिहं दरवार खत्याड गाँउपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रवन्ध मिलाउन गाँउपालिकासँग आग्रह गरेका थियौ, तर गाउपालिकाले कुनै पनि सुनाई गरेन । विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छ ।

बिद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ । ‘गाउँका सिहं दरवार खत्याड गाँउपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रवन्ध मिलाउन गाँउपालिकासँग आग्रह गरेका थियौ, तर गाउपालिकाले कुनै पनि सुनाई गरेन । विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छ,’ बिद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् ।

विद्यालयमा ल्याईएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।

यो पनि…
एक शिक्षक जसले फेरे सरकारी विद्यालयको स्वरूप
एक सरकारी विद्यालयको अब्बल यात्रा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested