English

दोहोरो अंकले बढ्यो सेयर बजार



साताको पहिलो कारोबारको दिन आइतवार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आइतवारको कारोबारमा भने वृद्धि भएको हो ।

आइतवार नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ ।

आइतवार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ । अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढको छ ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ । त्यसैगरी जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ । यता वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested