English

गण्डकी सरकारले दियो करमा छुटैछुट, कसरी उठ्ला राजश्व ?



गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने क्षेत्रहरुमा पनि अधिक छुटको व्यवस्था ल्याएको छ । अधिकांश राजश्व घरजग्गा र व्यवासयबाट उठ्छ । सरकारले तिनै शीर्षकमा भारी छुटको व्यवस्था गरेको छ ।

वार्षिक रुपमा ३०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा पूर्ण छुट दिने व्यवस्था सरकारले बजेटमार्फत गरेको छ । व्यावसायिक कृषि पेसालाई प्रोत्साहित गर्न उद्योगरव्यवसायको नाममा जग्गा खरिद गर्ने लिखतमा लाग्ने रजिष्ट्रेशन शुल्कमा पनि पूरै छुट दिने अर्थमन्त्री रामजी बरालले बताए ।

स्थानीय तहले संकलन गरी बाँडफाँट गर्ने प्राकृतिक स्रोत शुल्क वापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरुप थप अनुदान दिने, २०६५–०६६ देखि सवारी साधन कर नबुझाएका र नविकरण नगरेका सवारी साधनलाई फागुन मसान्तसम्म बुझाउन आए जरिवाना छुट दिने बरालको भनाइ छ । घर जग्गा कारोवारमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिद र बेपत्ता परिवारका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता–पिताको नाममा स्वामित्व हुने गरी लिखतमा सबै शुल्क छुट गरिदिएको छ ।

अपांगता भएका, दलित र पिछडिएको जातिलाई उनीहरुको नाममा स्वामित्व प्राप्त हुँदा ३० लाख रुपैयाँसम्मको थैली अङ्कमा एक पटकको लागि घर जग्गा रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिएको छ । राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संघ–संस्थाको स्थापना तथा सञ्चालनको सम्भावनाका आधारमा प्रदेश सरकारको वित्तीय नीति तय गरी प्रदेश सरकारको न्यून स्रोतको परिपूर्ति गर्ने बरालले बताए ।

यो पनि…
गण्डकी प्रदेशलाई सधैं किन थोरै बजेट आउँछ ?
माफ गर्न नसकिने अर्थमन्त्रीको अमर्यादित हर्कत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested