English

कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ



नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको छ । जबकी केही वर्षअघिसम्म नेपालले यी खाद्यन्न निर्यात गर्ने गर्थ्याे ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको धान, चामल, मकै र गहुँ आयात गरेको हो ।

सो अवधिमा विभिन्ने देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चालम र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान भित्रिएको छ ।

सोही अवधिमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले पछिल्लो दश महिनामा १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै, ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ ।

यो पनि…
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?

कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested