English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ५८ पैसा र बिक्री दर १३४ रुपैयाँ २३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ४२ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ सात पैसा र बिक्री दर १३१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३७ पैसा र बिक्री दर ९१ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ ।

यस्तै, जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ दुई पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

त्यसैगरी, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९३ पैसा र बिक्री दर नौ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यो पनि…
यस्तो छ आज फलफूल र तरकारीको मूल्य [सूची]
मौरी पालनमा आकर्षण बढ्यो, चरन क्षेत्र घट्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested