युक्रेनमा रूसी हमला : पछिल्ला ६ घटना
रूसी सेनाले युक्रेनको राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन । रूसी सेनाले दोस्रोपटक किभलाई हमला गरेको छ । रूसी सेनाका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रूसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए । पछिल्ला घटना यस्ता छन् :
४९८ रूसी सेना मारिए
युक्रेनमाथि भएको हमलामा ४९८ रूसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रूसी रक्षा मन्त्रालयले जनाएको हो । रूसले पहिलोपटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर युक्रेनले रूसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रूसी सेना मारिएको दाबी गरेको छ ।
रूसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रूसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् । यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो शहरका मेयरले बताएका छन् ।
रूसी सेनाले के भन्यो ?
रूसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरूलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रूसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रूसी समाचार संस्था रोसिया २४ लाई भने ।
किभ खाली गर्न रूसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर रूसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।
शृंखलाबद्ध बिस्फोट
युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बिस्फोटहरू गराइएका छन् । रूसी सेनाले गराएका ती बिस्फोटका कारण राजधानीवासी आतंकित बनेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरू भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरू युक्रेनको राजधानी सहरमा भएका थिए ।
त्यस लगत्तै दुई ओटा बिस्फोटहरू मेट्रो स्टेसनहरूमा गराइएका थिए । अर्को बिस्फोट राजधानी नजिकै भएको थियो । हवाई आक्रमणका साइरहनहरूले शहरमा थप त्रास सृजना गरेको थियो । रूसी हमलाको आज आठौं दिन पनि रूसी सेनाले युक्रेनका विभिन्न सहरहरूमा मिसाईल तथा बम प्रहार गरेको छ । सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरूपमा क्षति भएको छ ।
बिस्फोटका कारण लागेको आगो निभाउन अग्नि नियन्त्रकहरू परिचालन गरिएका छन् । यसैबीच रूसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन् । यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रूसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।
१० लाख युक्रेनीले देश छोडे
युक्रेनमाथि रूसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरूमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रूसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।
ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरू बिसाउन बिन्ती गर्छु ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस् ।’ युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।
नेपालले रूसविरुद्ध मतदान गर्यो
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रूसविरुद्ध मतदान गरेको छ । बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।
युक्रेनमाथि रूसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो । राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर सुरक्षा परिषद्मा नेपाल छैन ।
सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन् । राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । त्यसअघि महासभा आयोजनाको विपक्षमा रूसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणासहित विशेष सभाको आयोजना गरिएको थियो ।
युक्रेनसँग दोस्रो चरणको वार्ता गर्न रूस तयार
रूसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रूसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारूसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन ।
क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रूसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् । राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रूसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् । उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए ।










1win
Ищете идеальное место для ставок? 1win — это ваш выбор! В каталоге представлены как популярные виды спорта, так и редкие дисциплины, а в казино — тысячи игр от ведущих провайдеров. 1win бонус при регистрации Все это дополняется выгодными акциями и бонусами, которые делают игру еще более увлекательной. Не ждите, зарегистрируйтесь на платформе 1win и начните свой путь к победам вместе с лучшими!