English

हुम्लामा चार महिनापछि खाद्यान्न ढुवानी



नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ। टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो ।

समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा नागरिक मर्कामा पर्दै आएका छन्। प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन्। भौगोलिक रूपमा विकट हुम्लामा कम्पनीले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन्।

कमिसनको खेलले चार महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको बताइएको छ। हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी कोटा स्वीकृत भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि सबै जहाज कम्पनीले चामल ढुवानीलाई तीव्रता दिएका छन्। अहिलेसम्म एक हजार ३४२ क्विन्टल चामल हवाईमार्ग र एक हजार १३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ।

चालु आर्थिक वर्षका लागि आएको चामलबाट अहिलेसम्म १२ सय ७३ क्विन्टल चामल वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष कम्पनीको गोदाममा करिब ३५ सय क्विन्टल चामल मौज्दात थियो । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीको शाखा कार्यालयले जनाएको छ।

कम्पनीले सिमकोट बजारस्थित सिमकोट–५ र ६ का स्थानीयवासीलाई मासिक प्रतिपरिवार ५ किलो र सिमकोट गाउँपालिकाका अरू वडाका बासिन्दालाई ४ किलोका दरले चामल वितरण गर्ने गरेको छ । अन्य गाउँपालिकामा भने मागका आधारमा चामल पठाइने गरिएको बताइएको छ।

सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम चामल ढुवानी भएको भन्दै मुख्यमन्त्री शाहीले सबै जहाज प्रयोग गर्न ठेकेदार कम्पनी र कम्पनी लिमिटेडलाई निर्देशन दिएका थिए। तर,कम्पनीको हुम्ला शाखाको गोदाममा चामल मौज्दात कम भएपछि शुक्रबारबाट चामल वितरण रोकिएको छ।

अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीका हुम्ला कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले बताए। ‘स्थानीयवासीले कोटाअनुसारकै चामल माग्न थाले’, उनले भने, ‘कोटाअनुसार चामल दिँदा गोदाम रित्तिने देखियो ।’

चार महिनापछि बल्ल चामल वितरण गरेको भएपनि स्थथानीयवासीले एक महिनाको मात्रै चामल पाउने भएका छन्। कम्पनीको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि यहाँका सर्वसाधारणलाई बजारमा महंगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested