English

फुटबल : यी चार खेल, जित कसको ?



काठमाडौं । स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३-२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ। घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो।

१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो। ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए। ७६औंं मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २-१ को अग्रता लियो। इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए।

टोटनहमको रोमाञ्चक जित

इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ। बुधबार राति भएको खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३-२ को जित निकाल्यो।

खेलमा दुई पटकसम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए। प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए। ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १-१ को अवस्थामा पुग्यो।

७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो। जिततर्फ अगाडि बढेको लेष्टरका लागि स्टेभन बाधक बने। इन्जुरी समयको पाँचौ र सातौं मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११औं जित पायो।

जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ। समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ।

सेभियाले मौका गुमायो

स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा भ्यालेन्सिया र सेभियाले १-१ को बराबरी खेल्दै अंक बाढेका छन्। भ्यालेन्सियामा भएको खेलमा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएसँगै शीर्षस्थानको रियल मड्रिडसँग अंक दूरी छोट्याउने अवसर गुमाएको हो।

डिफेण्डर मौकार डायखावीको आत्माघाति गोलसँगै सेभियाले सातौं मिनेटमा अग्रता बनायो। तर,पहिलो हाफको ४४औं मिनेटमा गोनकालो गुइडेसले घरेलु टोलीलाई बराबरीमा ल्याए। खेलको ८९औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सिमित भयो। लुईस गायाले दोहोरो कार्ड पाउँदा मैदान बाहिर रहे।

बराबरीसँगै सेभिया २१ खेलबाट ४५ अंक सहित दोस्रो स्थानमा छ। समान खेलबाट ४ अंक माथि रहेको रियल शीर्षस्थानमा छ। यता, समान खेलबाट भ्यालेन्सिया २९ अंक सहित नवौं स्थानमा छ। गय रातिनै भएको अन्य खेलमा सेल्टा भिगोले ओसासुनालाई २-० ले पराजित गर्यो।

युनाईटेडको जित

इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ। बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३-१ अन्तरले पराजित गर्दै १०औं जित निकाल्यो।

युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र मार्कोस रसफोर्डले एक एक गोल गरे। घरेलु टोली ब्रेन्टफोर्डका लागि खेलको ८५औं मिनेटमा इभान टोनीले सान्त्वना गोल गरे।

यस अघि खेलको ५५औं मिनेटमा एन्थोनीले युनाईटेडलाई सूरुआती अग्रता दिलाए। ६२औं मिनेटमा मासोनले गोल गर्दा युनाईट २-०ले अगाडि बढ्यो। रसफोर्डले ७७औं मिनेटमा गोल गर्दा युनाईटेड सहज जिततर्फ लम्कियो।

जितपछि २१ खेलबाट युनाईटेड ३५ अंक सहित सातौं स्थानमा छ। २२ खेलबाट ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ। २२ खेलबाट ५६ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested