English

विश्व इतिहासमा आजः भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्सदेखि लेसोथोमा कु



आज नोभेम्बर १२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रमः 

 लेसोथोमा कु 
सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्दितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए । केही महिनापछि भएको अर्को सैन्य कुमा लेखन्यालाई देश निकाला गरिएको थियो । 

जापानी सम्राट अकिहितोको सत्तारोहण
सन् १९९० मा जापानी सम्राट अकिहितो औपचारिक रुपमा राजगद्दीको उत्तराधिकारी भएका थिए । आफ्ना बाबु हिरोहितोको निधन भएको दुई बर्षपछि अकिहितो जापानको राजगद्दीको उत्तराधिकारी बनेका थिए । 

भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्स
भारतको भावी संविधानबारे बिचार विमर्श गर्न व्रिटीश सरकारले सन् १९३० मा पहिलो राउन्ड टेबल कन्फरेन्सको आयोजना गरेको थियो । सन् १९३० देखि १९३२ को अवधिमा व्रिटीश सरकारले तीन ओटा राउन्ड टेबल कन्फरेन्स गरेको थियो । 

पूर्वी टिमोरमा नरसंहार
सन् १९९१ मा इन्डोनेसियाली सेनाले पूर्वी टिमोरको डिलीस्थित सान्ता क्रुज चिहानमा गोली चलाउँदा पूर्वी टिमोरमा स्वतन्त्रता समर्थक प्रदर्शनकारीको मृत्यु भएको थियो । डिली नरसंहार भनिने सो हमलामा २५० जनाको मृत्यु भएको थियो ।  



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested