English

यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा



स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी फलफूल हो । स्याउमा शरीरका लागि आवश्यक पर्ने विभिन्न पोषक तत्व रहेका हुन्छन् । वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ कि स्याउले मुटुरोग, क्यान्सर तथा मधुमेहसँगै विभिन्न खालका मस्तिष्क रोग जस्तै अल्जाइमर तथा पार्किन्सन्स जस्ता रोगबाट समेत बचाउन ठूलो सहयोग गर्छ । दैनिक एउटा स्याउ खाँदा स्वस्थ रहन पनि सहयोग पुर्याउँछ । दैनिक स्याउ खानाले हुने १० फाइदा यसप्रकार छन् ।

जुनसुकै रोगका बिरामीले खान मिल्ने

पोषक तत्वका कारण स्याउले हाम्रो शरीरलाई चाहिने तत्वहरु प्रदान गर्छ । यसमा भिटामिन र खनिज पनि पाइन्छ । स्याउ बिरामी हुँदा खानका लागि उपयोगी फल हो । यो जुनसुकै प्रकारका बिरामीले खान मिल्ने विभिन्न अध्ययनले देखिएको छ ।

मुटु रोगीका लागि फाइदा

मुटु रोगीका लागि स्याउ खानु राम्रो हो । स्याउमा नियासिन र फाइबर पाइन्छ । जसले कोलेस्ट्रोलको लेबललाई कन्ट्रोल गर्दछ । रगतमा चिनीको मात्रा पनि कन्ट्रोल राख्दछ । स्याउ सेवनले मुटुको रक्तनलीको समस्या, मांसपेशीमा हुने समस्या जस्ता घातक समस्यालाई कम गर्छ ।

एनिमियाको उपचारमा सहयोगी

स्याउ खाँदा एनिमियाबाट मुक्त गर्न मद्दत गर्छ । एनिमियाले मानिसको शरीरमा हेमोग्लोबिन कम हुँदै जान्छ । स्याउमा आइरन पर्याप्त मात्रामा पाइन्छ । त्यसैले नियमित स्याउ खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ ।

स्मरण शक्ति बढ्छ

स्याउमा भिटामिन ए, बी, सी, क्याल्सियम, पोटासियम तथा एन्टिअब्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । स्याउ सेवनले मस्तिष्कमा रहेको तनाव कम गर्छ । यसले स्मरण शक्ति बढाउँछ । दैनिक स्याउ सेवनले अल्जाइमरको खतराबाट मुक्त दिलाउँछ ।

फोक्सोको सफाइ

स्याउको नियमित सेवनले फोक्सोको सफाइमा विशेष भूमिका खेल्छ । पाचन प्रणाली स्वस्थ राख्न यसले मद्दत गर्छ । पेटमा भएका विभिन्न स्वास्थ्य समस्या समाधानमा पनि स्याउले सहयोगी भूमिका निर्वाह गर्छ ।

मिर्गौलाको पत्थरी कम गर्न

स्याउको नियमित सेवनले मिर्गौलाको पत्थरी भएका व्यक्तिलाई सहयोग गर्छ । यसले पत्थरी रोक्ने र स–साना पत्थरीलाई पिसाबको माध्यमबाट बगाउन मद्दत गर्छ ।

निमोनियाको जोखिम कम गर्न

स्याउमा पाइने विभिन्न तत्वले एन्टिब्याटेरियल इम्युन क्षमता बढाएर निमोनियाजस्ता रोगको जोखिम कम गर्छ । यसमा पाइने धेरै प्रकारका खनिज तथा भिटामिनले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढावा दिन्छ ।

आँखाको दृष्टि राम्रो

स्याउमा भिटामिन ए पाइन्छ । जसले आँखाको दृष्टि बढाउन मद्दत गर्दछ । दैनिक रुपमा स्याउ खाँदा आँखाको दृष्टि बढ्ने मात्र नभई आँखामा हुने अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।

अनुहारमा चमक

स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले अनुहारमा रहेको समस्यालाई समाधान गर्न ठूलो मद्दत गर्दछ । अनुहारमा दाग, धब्बा हुने मान्छेले हरेक दिन एउटा स्याउ खाँदा समस्या समाधान हुन्छ । अनुहारको छालामा पनि चमक आउँछ ।

तौल कम गर्न सहयोग

तौल घटाउनका लागि नियमित डाइटमा दुई वटा स्याउ समावेश गर्न चिकित्सकले सुझाव दिन्छन् । स्याउमा पाइने पोषक तत्वले हाम्रो शरीरलाई बलियो बनाउँछ । स्याउ खाँदा भोक कम लाग्ने र तौल सन्तुलनमा जाने चिकित्सकको दाबी छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested