English

नेपाली सांकेतिक भाषाले मान्यता नपाउनु दुर्भाग्य



शिलु शर्मा, नेपाली सांकेतिक भाषा दोभाषे तथा समाचार प्रस्तोता

सेप्टेम्बर महिनाको अन्तिम साता संसारभरका बहिरा व्यक्तिलाई भ्याइनभ्याई हुन्छ । उनीहरुले आफ्नो समुदाय, भाषा संस्कृतिको पहिचानसँग सम्बन्धित भएर एकसातासम्म विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्रराष्ट्रिय बहिरा सप्ताह मनाउँछन् । हरेक वर्ष झैँ यस वर्ष २० देखि २६ सेप्टेम्बरसम्म प्रत्येक दिन फरक नाराका साथ अन्तर्राष्ट्रिय बहिरा सप्ताह मनाइँदै छ । यस वर्षको मूल नारा ‘फस्टाउँदै गरेको बहिरा समुदाय’ भन्ने छ भने बहिरा सप्ताह अन्तर्गत सात दिनका नाराहरूमा बहिराहरूको कदर गर्दै, दिगो बहिरा नेतृत्व, सम्पूर्ण सिकारुहरुका लागि साङ्केतिक भाषा, मानवअधिकारका लागि हामी सङ्केतमा कुरा गर्छौँ, बहिरा समुदायमा प्रतिच्छेदन (इन्टर्सेक्सनल), बहिरा संस्कृति तथा कला, सङ्कटका समयमा मानवअधिकार जस्ता विषयलाई नाराकै रूपमा उठान गरिएको छ ।

विश्वमा ७० करोड बहिरा समुदायका मानिस रहेका छन् र तिनीहरुका लागि सांकेतिक भाषा निर्विकल्प बनेको छ । विश्वमा तीन सयभन्दा बढी सांकेतिक भाषा रहेका छन् । प्रत्येक देशका बहिराहरुले आ–आफ्नै देशका सांकेतिक भाषा प्रयोग गरेका हुन्छन् ।

बहिरा सप्ताह अन्तर्गतका यी सातै दिन महत्वपूर्ण भए तापनि २३ सेप्टेम्बरका दिनलाई भने विशेष दिन मानिन्छ । यो दिन साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवसका कारणले गर्दा नेपाली बहिरा समुदायका लागि विशेष महत्वपूर्ण हुने गरेको छ । विश्व बहिरा महासंघको स्थापना दिवसलाई जोडेर संयुक्त राष्ट्र संघले सन् २०१७ मा २३ सेप्टेम्बरलाई सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिन घोषणा गर्यो । संयुक्त राष्ट्र संघले जारी गरेको अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धि महासन्धीले सांकेतिक भाषालाई अन्तर्राष्ट्रिय मान्यता पनि दियो ।

सन् २०१८ देखि सेप्टेम्बरको अन्तिम सातालाई अन्तर्राट्रिय बहिरा सप्ताहका रुपमा मनाउँदै आएको पाइन्छ । विश्वमा ७० करोड बहिरा समुदायका मानिस रहेका छन् र तिनीहरुका लागि सांकेतिक भाषा निर्विकल्प बनेको छ । विश्वमा तीन सयभन्दा बढी सांकेतिक भाषा रहेका छन् । प्रत्येक देशका बहिराहरुले आ–आफ्नै देशका सांकेतिक भाषा प्रयोग गरेका हुन्छन् ।

यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालका करिव पाँच लाख बहिरा समुदायलाई सशक्त बनाउन नेपाली बहिरा, दोभाषे तथा सरोकारवाला निकाय तथा दातृ निकायका पहलमा यो दिवस मनाइँदै छ । कोभिडको महामारीका बिचमा नेपालमा पनि अन्तर्राष्ट्रिय बहिरा सप्ताह सुरक्षा मापदण्डको परिपालना गरी मनाइँदै छ । विषम परिस्थितिका कारण भौतिक तथा भर्चुअल दुवै विधिलाई प्रयोग गर्दै कार्यक्रमहरू गरिएका छन्, गरिँदै छन् । यस क्रममा मेरो संकेत नामक बहिरा एपको उद्घाटन भयो भने राष्ट्रिय बहिरा महासंघ नेपालका पदाधिकारी तथा पूर्व पदाधिकारीका बिचमा अन्तक्रिया पनि सम्पन्न भएको छ ।

त्यस्तै प्रदेश तथा स्थानीय निकायमा आ–आफ्नै तरिकाले यो दिवस मनाइँदै छ । यसरी विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै गर्दा नेपाली बहिरासामु अनेकन चुनौतीहरू टड्कारै देखापरेका छन् । नेपाल सरकार तथा विभिन्न दातृ निकायले नेपाली बहिरा समुदायका लागि केही राम्रा कार्य गरेको भए तापनि त्यो अपुग नै रहेको देखिन्छ । कोभिड महामारीका समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ सम्बन्धी प्रेस ब्रिफिङ गर्दा वा दैनिक वक्तव्य दिँदा बहिरालाई सुसूचित बनाउने उद्देश्य अनुरूप सांकेतिक भाषा दोभाषेका माध्यमबाट वक्तव्य जारी गरिरहेको छ ।

त्यस्तै गरी नेपाल टेलिभिजनले दैनिक समाचारमा नेपाली साङ्केतिक भाषाको प्रयोग गर्दै आएको छ । नेपाल टेलिभिजन कोहलपुर र नेपाल टेलिभिजन इटहरीले समेत दैनिक रूपमा नेपाली साङ्केतिक भाषाका दोभाषेको प्रयोग गरी नेपाली साङ्केतिक भाषाका माध्यमबाट पनि समाचार सम्प्रेषण गरेका कारण बहिरा समुदायलाई सुसूचित बनाउन नेपाल टेलिभिजनको कार्य प्रशंसनीय रहेको छ ।

सरकारबाट औपचारिक रुपमा नेपाली सांकेतिक भाषालाई मान्यता नदिइएको अर्को चूनौति छ । कतिपय देशको सांकेतिक भाषाले मान्यता पाइरहेको सन्दर्भमा नेपाली सांकेतिक भाषाले मान्यता पाउन नसक्नु पक्कै पनि दुर्भाग्यपूर्ण हो ।

तर, स्थानीय निकायका कार्यालय, प्रहरी कार्यालय, अस्पताल, टेलिकम, र अतिआवश्यकीय सेवाप्रदायक निकायमा सांकेतिक भाषाको प्रयोग नहुनु, त्यहाँ दोभाषे नहुनुका कारण बहिरा समुदाय अफ्ठ्यारोमा पर्ने गरेका छन् । सुन्ने समुदायले बहिरा समुदायलाई नबुझ्नु, बहिरा समुदायको भाषालाई बोध नगर्नुका कारणबाट पनि कतिपय समस्या बल्झने गरेका छन् । त्यसैगरी दोभाषेको पनि सुरक्षित भविष्य यस क्षेत्रमा नभएका कारण र पूर्णकालिन दोभाषे राख्ने सरकारी निकायमा व्यवस्था नभएका कारण दोभाषेहरूको सुरक्षित भविष्य पनि सुनिश्चत हुन सकेको अवस्था छैन ।

नेपाल सरकारबाट औपचारिक रुपमा नेपाली सांकेतिक भाषालाई मान्यता नदिइएको अर्को चूनौति छ । कतिपय देशको सांकेतिक भाषाले मान्यता पाइरहेको सन्दर्भमा नेपाली सांकेतिक भाषाले मान्यता पाउन नसक्नु पक्कै पनि दुर्भाग्यपूर्ण हो । नेपालमा जनगणना गर्दा बहिराको यकिन संख्या पनि आउन सकेको छैन । नेपालमा इथ्नोलग तथा विभिन्न अध्ययनकर्ताका सूचनालाई हेर्दा बहिरा व्यक्तिको संख्या धेरै छ । पाँच लाखको हाराहारीमा बहिरा समुदाय रहेपनि जनगणना गर्दा निकै कम संख्या सूचीकृत भएको पाइन्छ जसले कार्ययोजना र बहिराको समुन्नति र विकासका क्रममा समेत समस्या उत्पन्न हुने गर्दछ ।

त्यसैले २०७८ को जनगणना गर्दा बहिरामैत्री बनाउन गणकलाई तालिमको खाँचो देखिन्छ । अपाङ्गताका पनि विभिन्न प्रकार छन् भन्ने कुरामा गणकहरू प्रष्ट हुनु पनि अपरिहार्य छ । गणकहरूले तथ्याङ्क कसरी ल्याउँछन् ? साङ्केतिक भाषाका प्रयोगकर्ताका रूपमा कसरी तथ्याङ्क ल्याउँछन् भन्ने कुरा महत्वपूर्ण छ । भाषा आयोगको प्रतिवेदनको सारांश (२०७८) हेर्दा नेपाली साङ्केतिक भाषाका बारेमा कुनै ठोस सिफारिस गरिएको पाइँदैन । प्रधानमन्त्रीलाई बुझाइएको यस प्रतिवेदनको उपलब्ध सारांश (पृष्ठ ८) मा यसरी यस विषयलाई उल्लेख गरिएको पाइन्छ ।

‘सरकारी कामकाजको भाषाको रूपमा दृष्टिविहिन तथा बहिरा र स्वर वा बोलाईसम्बन्धि अपाङ्गता भएका व्यक्तिका लागि नेपाली सांकेतिक भाषा र ब्रेल एवं स्पर्श सङ्केतका भाषालाई संघ, प्रदेश र स्थानीय तहमा भाषिक मान्यता प्रदान गरी सविधानको धारा ३२ (१) को प्रावधान बमोजिम भाषामा समावेशिता सुनिश्चित देखिन्छ ।’

यो कुरा प्रशंसनीय त छ तर के कसरी सुनिश्चिता दिने प्रष्ट भएको छैन । अर्को कुरा साङ्केतिक भाषा भनेर कुन साङ्केतिक भाषालाई भनिएको हो, त्यो नेपाली साङ्केतिक भाषा हो कि अन्य । यस विषयमा प्रतिवेदक अस्पष्ट भएको जस्तो लाग्छ । अझ ब्रेल लिपिलाई समेत भाषा नै भनिएकाले त भाषा र लिपि के एउटै हुन् ? भन्ने प्रश्न खडा हुन्छ ।

त्यसैले यति गहन विषयमा रिपोर्ट लेख्दा त यस्तो गम्भीर त्रुटि भएको पाइन्छ भने २०७८ को जनगणनामा गणकलाई सुसूचित नगर्ने हो भने तथ्याङ्क फेरि पनि मिथ्याङ्क बन्न बेर छैन, जसले नेपाली साङ्केतिक भाषाको विकासमा र योजनामा त प्रभाव पार्छ नै लक्षित समूहसम्म कार्यक्रम पुर्याउन सकिँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested