English

नाडाद्वारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण



नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले ट्राफिक प्रहरीलाई जनचेतनामुलक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक सञ्जिव शर्मालाई सामग्री हस्तान्तरण गरेको हुन् ।

काठमाडौंस्थित त्रिपुरेश्वरमा भएको कार्यक्रममा नाडाले १० हजार थान नो हर्न स्टिकर, ५ हजार थान मास्क, ‘ट्राफिक नियम पालना गरौं’ चेतनामुलक ब्यानर २ सय थान र ‘तपाईंको मास्क खोइ ?’ चेतनामुलक ब्यानर २ सय थान सहयोग स्वरुप प्रदान गरेको थियो । साथै, कार्यक्रममा जनचेतामुलक पर्चा, स्टिकर सवारी चालकलाई वितरण गरिएको नाडाका सचिव अनुपकुमार बराले जानकारी दिए ।

कार्यक्रममा नाडाका अध्यक्ष दुलालले सवारी दुर्घटनाबाट बच्न ट्राफिक नियमको पालना र कोभिडबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताए । ‘महामारीलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीको योगदान अतुलनीय छ,’ उनले भने, ‘यसमा नागरिकस्तरबाट पनि सहयोगको खाँचो छ ।’

नाडाले हरेकवर्ष महाशाखासँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ । केही समय अघि नाडाले ट्राफिकका लागि ज्याकेट वितरण गरेको थियो । साथै, हरेक वर्ष उत्कृष्ट काम गर्ने ४ जना ट्राफिकलाई नगद र प्रमाणपत्रसहित सम्मान गर्दै आएको छ । कार्यक्रममा नाडाका अध्यक्ष दुलाल, सचिव बरालसँगै महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह–कोषाध्यक्ष विक्रम सिंहानियालगायत केन्द्रीय समितिका सदस्यहरुको उपस्थित थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

Latest










Popular
Suggested