English

कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी



दाङका कपिल सर । अर्थात कपिल किशोर घिमिरे । सधैं कक्षाकोठामा भेटिने कपिल सर यतिबेला खेतबारीमा व्यस्त छन् । ४ वर्ष अघि शिक्षण पेसाबाट अवकास लिँदै गर्दा अबका दिन कसरी बिताउने ? यही चिन्ताले उनलाई सताउन थाल्यो । विभिन्न विकल्पको खोजीमा लागे । यहीक्रममा उनका दाजु कृष्णकिशोर घिमिरेले कृषि फर्म खोलेर तरकारी खेती गर्न सुझाव दिए ।

दाईको सल्लाहलाई शिरोपर गर्र्दै कपिलले काँक्रो र गोलभेंडा खेती सुरु गरे । हाल उनले काँक्रो र गोलभेंडाबाटै मासिक २ लाखदेखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । त्यसैले गरे के हुन्न र ! भन्ने भनाईलाई उनले प्रमाणित गरिदिएका छन् । ३३ वर्ष शिक्षण क्षेत्रमा बिताएका घिमिरे यतिबेला कृषक बनेका छन् । ‘३३ वर्ष सबैको सर भएँ अहिले कृषक भएको छु,’ उनी भन्छन्, ‘आखिर आनन्द त पसिनामा पो रहेछ ।’

कपिल सरलाई यतिबेला समय बिताउन सहज भएको छ । साथै, उनले सुरु गरेकोे व्यवासायबाट प्रत्यक्ष रुपमा १५ देखि २० जना रोजगार समेत पाएका छन् ।

उनले ३ विघा जमिनमा काँक्रो र गोलभेंडा लगाएका छन् । जहाँ उनका चारै जना दाजुभाई खटिन्छन् । साथै, अर्का एकजना ३२ वर्षीय शेरबहादुर चौधरी पनि संलग्न छन् । ‘टमाटर र काँक्राको व्यवासायीक खेती गर्ने सोच दाईको हो, ’ उनी भन्छन्, ‘चौधरी भाईको श्रम, हाम्रो जमिन गरी, खर्च र अम्दानी बराबार बाँडफाँड गर्छौ ।’

कपिल सरलाई यतिबेला समय बिताउन सहज भएको छ । साथै, उनले सुरु गरेकोे व्यवासायबाट प्रत्यक्ष रुपमा १५ देखि २० जना रोजगार समेत पाएका छन् । फागुनदेखि असार मसान्तसम्म उनी काँक्राको खेती गर्छन भने असार देखि माघसम्म टमाटर खेति । ‘अब काँक्रोको बोट कुहिँदै छ, नकुहिएका बोटहरु आफै नष्ट गछौँ,’ उनी भन्छन्, ‘साउनको दोस्रो हप्ताबाट टमाटर रोप्छौँ । ’

एक बाली उत्पादन गर्न प्लाष्टिक, डोरी, बाँस, बिउ र मल गरी करिव ६ देखि ७ लाख लगानी लाग्ने उनी बताउँछन् । सुरुको दुई उत्पादन घाटामा गएपनि विगत दुई वर्षदेखि एक उत्पादनमा मजदुरको ज्याला, उत्पादन लगानी कटाएर करिब ४ लाख अम्दानी हुने उनको दाबी छ ।

टमाटरको बजार भाउ र उत्पादन पनि राम्रो छ । उनले एकपटकमा ५० देखि ८० क्विन्टलसम्म टमाटर र काँक्रा उत्पादन हुने उनको भनाई छ ।

सुरुसुरुमा त उनले घाटा बेहोरे तर आफ्नै जमिनमा उत्पादन गर्दा आत्मसन्तुष्टि मिल्ने भएकाले निरन्तरता दिँदै आएको उनी बताउँछन् । ‘पहिलो दुई सिजनको काँक्रामा रोग र किराले बर्बाद पार्यो’ उनी भन्छन्, ‘एक पटक ३० क्विटल टमाटर बेच्दा ५० रुपैयाँ मात्र नाफा भएको थियो त्यसैले निकै घाटा भयो ।’

तर, अहिले टमाटरको बजार भाउ र उत्पादन पनि राम्रो छ । उनले एकपटकमा ५० देखि ८० क्विन्टलसम्म टमाटर र काँक्रा उत्पादन हुने उनको भनाई छ । सुरुवाती दिनमा उनी उत्पादित काक्रो र गोलभेंडा आफैं बजारसम्म पुर्याउँथे तर, आजकाल बारीमै ट्रकको लाइन लाग्छन् । उनको बारीमा उत्पादन भएका गोलभेंडा र काँक्रोले कोहलपुर, सुर्खेत, महेन्द्रनगर, वुटवल लगायतका स्थानमा बजार पाएको छ ।

कुनैबेला भने विक्री नभएर उनलाई तनाव दिन्छ । त्यसैले कुहाएर फाल्नु भन्दा सस्तोमै भएपनि बेच्नुपर्ने उनी बताउँछन् । ‘खरिदकर्ता मिलेर मोलमोलाई गर्छन् र विचौलियले धेरै फाइदा लिन्छन् ।’ उनी भन्छन्, ‘दुई दिन अघि २५ रुपैयाँ प्रतिकिलो बेचेको काँक्रो अहिले पहिरोका कारण १० रुपैयाँमा बेच्दै छु ।’

किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउँदा कृषि व्यवसायमा युवा वर्गको चासो कम भएको उनको अनुभवले बताउँछ । किसानले उचित मुल्य पाउनका लागि सरकारले निश्चित ठाउँ व्यवास्थापन र मूल्य निर्धारण गर्नु पर्ने उनको माग छ । ‘कृषिसँग सम्बन्धित निकायले मुख्य ठाउँमा खरिद गर्ने व्यवस्था मिलाउनुपर्छ’ उनी भन्छन्, ‘सरकारले वस्तुको न्युनतम मूल्य तोक्नुपर्छ, नभए किसान सधैं मारमा पर्छन् ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested