English

बच्चाको छाती घ्यार–घ्यार किन हुन्छ ? कसरी जोगाउने ?



छाती घ्यार घ्यार हुने समस्या तुलनात्मक रुपमा बालबालिकामा बढी देखिन्छ । विशेषगरी चिसो मौसममा कफ जम्ने, रुघाखोकी लाग्ने जस्ता समस्याले छाती घ्यार घ्यार हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । यो समस्याले बच्चालाई सिकिस्त पनि पार्न सक्छ । आखिर बालबालिकामा यस्तो समस्या किन देखिन्छ ? यसबाट कसरी बचाउन सकिन्छ भन्ने बारेमा बाल रोग विशेषज्ञ डा. प्रशान्त रिजालको सुझाव यस्तो छ ः

घ्यार-घ्यार हुने कारण :
निमोनिया

वातावरणमा हुने विभिन्न ब्याक्टेरियाले बच्चाको फोक्सोमा इन्फेक्सन हुनसक्छ । जसले गर्दा निमोनिया हुन्छ र बच्चाको छातीमा घ्यार–घ्यार आवाज सुनिन्छ । बच्चालाई निमोनिया हुँदा श्वासप्रश्वासमा समस्या हुने, उच्च ज्वरो आउने, खानामा अरुची हुने जस्ता लक्षण देखा पर्छन् ।

नाक बन्द भएर

जाडोमा मात्र होइन गर्मी मौसममा पनि पसिनाको कारणले बच्चालाई रुघा लागेर नाक बन्द हुन्छ । जसले गर्दा उनीहरुलाई श्वास फेर्न गाह्रो हुन्छ र नाक बाट घ्यार घ्यार आवाज आउँछ । २ वर्षभन्दा कम उमेरका बालबालिकाको नाकको प्वाँल सानो हुने भएकाले उनीहरुको नाक थोरै बन्द हुँदा पनि घ्यार–घ्यार आवाज आउँछ ।

फोक्सोमा इन्फेक्सन

२ वर्ष भन्दा कम उमेरका बच्चाहरुमा विभिन्न भाइरसले गर्दा फोक्सोमा हुने इन्फेक्सनलाई ब्रोन्क्योलाइटिस भनिन्छ । यो अवस्थामा बच्चालाई ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्नेजस्ता समस्या हुन्छ । यसको कारणले पनि बच्चाको छातीमा घ्यार–घ्यार हुन्छ ।

टन्सिलमा समस्या

हाम्रो घाँटीमा दुईवटा टन्सिल हुन्छ । त्यसमा इन्फेक्सन भयो भने टन्सिल सुनिन्छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ र सास फेर्दा घ्यार–घ्यार आवाज आउँछ । टन्सिल इन्फेक्सनकै कारणले बच्चाले ज्वरो आउने, र्‍याल चुहाउने र खाना खान मन नगर्ने पनि गर्छन् ।

श्वास नलीमा इन्फेक्सन

बच्चाको शरीरको तल्लो श्वास नलीमा कुनै भाइरसको कारणले इन्फेक्सन भयो भने पनि घ्यार–घ्यार हुन सक्छ । यसमा पनि ज्वरो आउने, खोकी लाग्ने र अनौठो खालको आवाज आउने जस्ता समस्याहरु हुने गर्छ ।

बचाउने उपाय

– ६ महीना सम्म आमाको दूध मात्र खान दिने ।
– बच्चाहरुलाई न्यानो बनाएर राख्ने ।
– प्रोटिन र भिटामिनयुक्त खानेकुरा खुवाउने ।
– निमोनिया नहुने खोपहरु लगाईदिने ।
– चिसो, धुलो र धुवाँबाट टाढा राख्ने ।
– बेलाबेलामा मन तातो पानी खान दिने ।
– नाक बन्द भएको छ भने नुनपानीले सफा गरिदिने ।
– गेडागुडीको झोल सुपहरु बनाएर खुवाउने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested