English

एक अमेरिकीसहित आठ नेपालीले डेनाली आरोहण गर्ने



युएस नेपाल फ्रेण्डसीप टिमले अमेरिकी सगरमाथाको सफल आरोहणको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा अमेरिका–नेपाल मैत्री आरोहणको दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ। बुधबार काठमाडौँस्थित होटल एलफ्टमा एक कार्यक्रमको आयोजना गरी उक्त घोषणा गरेको हो ।

फ्रेण्डसीप टिमलाई अमेरिका–नेपाल मित्रताको झन्डा हस्तान्तरण गर्दै नेपालस्थित अमेरिकी दूतावासका जन सम्पर्क प्रमुख ग्यारेट ई. विल्करसनले उक्त अभियानलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको बलियो सम्बन्ध स्थापित गर्ने यो उत्कृष्ट उदाहरण भएकोमा जोड दिए ।

टिमको नेतृत्व नेपालका उच्च अनुभवी पर्वतारोही पासाङ फुर्वा शेर्पाले गर्नेछन् भने नेपालस्थित अमेरिकी दूतावासका विल्करसन र युएस–नेपाल फ्रेण्डसिप अभियानको पहिलो संस्करणका प्रमुख कर्मा तेन्जिङले समन्वय गर्नेछन् ।

फ्रेण्डसीप टिमले जुनमा उत्तरी अमेरिकाको उच्चतम शिखर डेनाली चढ्नेछ । त्यसअघि यसै टोलीले सगरमाथा आरोहण गर्नेछ । टिमको नेतृत्व नेपालका उच्च अनुभवी पर्वतारोही पासाङ फुर्वा शेर्पाले गर्नेछन् भने नेपालस्थित अमेरिकी दूतावासका विल्करसन र युएस–नेपाल फ्रेण्डसिप अभियानको पहिलो संस्करणका प्रमुख कर्मा तेन्जिङले समन्वय गर्नेछन् ।

सगरमाथामा अमेरिकीको सफल आरोहणको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा डेनाली आरोहणको उद्देश्य दिगो पर्वतारोहण अभ्यासलाई प्रवर्द्धन गर्ने, डेनालीमा इको–अभियान प्रविधिहरू सिक्ने र पर्वतारोहणमार्फत दुई राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाउनु रहेको टिमका सदस्य थानेश्वर गुरागाईँले बताए ।

डेनालीमा, टोलीको नेतृत्व पासाङ फुर्वा शेर्पा र मार्क परेलाले संयुक्त रूपमा गर्नेछन् । पासाङ फूर्वा शेर्पा, गेल्जे शेर्पा, पेम्बा नुरु शेर्पा, पासाङ गेलु शेर्पा, ट्रेसिङ्ग पेम्बा शेर्पा लाक्पा डेण्डी शेर्पा, मिग्मा टेण्जी शेर्पा, छिरिङ्ग पेम्बा शेर्पा र थानेश्वर गुरागाईँ को टिमले डेनाली आरोहण गर्नेछन् ।






यो पनि…
पर्यटन प्रवर्द्धन गुरुयोजना : पर्वतारोहणदेखि वाइल्ड लाइफ टुरिज्मसम्म
बाजेको पाइला पछ्याउँदै आङरिताका नाति (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम