English

ओठलाई गुलाबी र मुलायम राख्न यसो गर्नुहोस्



ओठले अनुहारको सौन्दर्य बढाउन निकै सहयोगी हुन्छ । तर, बदलिँदो मौसमका कारण ओठ छिट्टै सुक्न थाल्छ । यसका साथै यो मौसममा ओठ कालो हुने समस्या पनि देखिन थाल्छ । मौसमको अलावा, जब प्रदूषणको मात्रा पनि बढ्छ, तब तपाईँको ओठको पनि हेरचाह चाहिन्छ। च्यातिएको, सुख्खा ओठले ओठसँगै तपाईँको स्वास्थ्यलाई पनि हेरचाह चाहिन्छ भन्ने सङ्केत गर्छ। आज हामी तपाईँलाई ओठको हेरचाह गर्ने दिनचर्याको बारेमा बताउन गइरहेका छौँ, जसले गर्दा तपाईँको ओठ गुलाबी र मुलायम रहन्छ ।

हामी सबैलाई हाम्रो ओठको लागि एक्सफोलिएशन चाहिन्छ। यसका लागि विशेष रूपमा बनाइएको ओठ स्क्रबर प्रयोग गर्न सक्नुहुन्छ। ओठ स्क्रब गर्नको लागि धुलो चिनी, मह र नरिवलको तेल मिसाएर ओठ स्क्रबर बनाउन सकिन्छ। यसलाई ओठमा हल्का मसाज गर्नुहोस् र चिसो पानीले धुनुहोस्। यसको प्रभाव केही समयमै देखिनेछ ।

ओठमा मोइस्चराइजर लगाउनुहोस्

ओठमा मोइस्चराइजर लगाउन सक्नुहुन्छ। यसले ओठमा रक्तसञ्चार बढ्छ र ओठ फुट्दैन ।

ओठ हाइड्रेसन धेरै महत्त्वपूर्ण छ

यदि तपाईँ आफ्नो ओठ चाट्दै हुनुहुन्छ भने, तपाईँको समस्या अझ बढ्न सक्छ। यसो गर्नुको सट्टा ओठमा लिप बाम लगाउन सक्नुहुन्छ। यस पछि मात्र लिपस्टिक लगाउनु पर्छ।

यी कुराहरूलाई ध्यानमा राख्नुहोस्

लिप बाम किन्दा यो दिनको लागि हो कि रातको लागि हो भन्ने कुरामा ध्यान दिनुहोस्। साथै, यो पनि ध्यान राख्नुहोस् कि हप्तामा दुई पटक भन्दा बढी ओठमा स्क्रब प्रयोग गर्नु हुँदैन।

यो पनि…
यस्तो छ सानो ओठलाई ठूलो देखाउने उपाय
फुटेको ओठलाई यसरी बनाउनुहोस् सुन्दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,