English

भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो



२०७२ को भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गारो लगाए । सोही कारण उनले तेस्रो किस्ताको भुक्तानी अझैसम्म पाएका छैनन् ।

जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भूकम्पमा भत्किएको घर प्राविधिक आउनुपूर्व नै तयार गरे । त्यही कारण उनले तेस्रो किस्ताको रकम पाएका छैनन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार नभएको जनाउँदै भुक्तानी रोकिएकोमा उनको गुनासो छ ।
विनाशकारी भूकम्पले घर भत्किँदा छोराछोरी च्यापेर दगुरेको पीडाभन्दा सरकारी अनुदान पाउने आशामा काढेको ऋणले यतिबेला लालप्रसाद र प्रेमबहादुरलाई पोलिरहेको छ । बागलुङका यी दुई प्रतिनिधी मात्र हुन् । घर निर्माण सम्पन्न भइसक्दा पनि विभिन्न बहानामा भुक्तानी नपाउने पीडितको संख्या देशभर छ ।

१० परिवारकालागि बनिरहेका घरमध्ये सात घर निर्माण सम्पन्न भएकाछन् भने बाँकी तीन घरको निर्माणको काम चलिरहेको छ ।

ताराखोला गाउँपालिकाका एक लाभग्राहीले ढुङ्गाले छाएको भनेर प्राधिकरणका प्राविधिकले मूल्याङ्कन नगरेपछि किस्ता पाएका छैनन् । उनको ढुङ्गाको छाना फालेरजस्ता लगाउनुपर्ने भन्दै जिल्ला तहका प्राविधिकले रोकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।
भूकम्पपछिको पुनर्निर्माणको काम थालेको ६ वर्षमा पनि बागलुङ जिल्लामा अझै २८ प्रतिशत लाभग्राहीको घर बन्न सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्लाका निजी आवास निर्माणमा ७२ प्रतिशत मात्रै प्रगति देखिएको छ । २ हजार ४ सय ५२ निजी आवास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५ सय घर निर्माण गर्न नसकेको हो ।

जिल्लाका १ सय ७९ विद्यालयमध्ये हालसम्म १ सय १६ भवन निर्माण सम्पन्न भएका छन् । ६३ विद्यालय निर्माणाधीन अवस्थामा छन् ।

जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रेणुका पाण्डेकाअनुसार २४४ घर निर्माणाधिन छन् । ५७ घरले किस्ता नलगेको र २०१ घरले सम्झौता नगरेकोले लाभग्राहीबाट स्वतः हटाइएको उनले बताए । प्राधिकरणले पाँच वर्षको अवधिमा दुई पक्की पुल निर्माण गरिरहेको र झण्डै १० किमी सडक निर्माण गरेको छ । जिल्लाका १ सय ७९ विद्यालयमध्ये हालसम्म १ सय १६ भवन निर्माण सम्पन्न भएका छन् । ६३ विद्यालय निर्माणाधीन अवस्थामा छन् । यो अवधिमा दुई स्वास्थ्य चौकीसमेत निर्माण भएका छन् । ५८ विद्यालयको शौचालय निर्माणकालागि लाभग्राहीको सूचिमा समावेशमध्ये ४० शौचालय बनेका छन् । अझै १८ शौचालय निर्माणाधीन रहेको शिक्षा अधिकारी मोतीलाल चपाइँले जानकारी दिए ।

उनले विद्यालय हेर्ने शिक्षा शाखा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकोले प्राविधिक र लाभग्राहीले समन्वयको अभाव भएको गुनासो गरे । प्राधिकरणले जिल्लामा निर्माण गरिरहेको एकीकृत वस्तिको काम भने अन्तिम चरणमा पुगेको छ । यही वैशाख महिनाभित्रै काठेखोला गाउँपालिका–५ बिहुँमा निर्माणाधीन एकीकृत वस्तिको काम सकिने जनाइएको छ । १० परिवारकालागि बनिरहेका घरमध्ये सात घर निर्माण सम्पन्न भएकाछन् भने बाँकी तीन घरको निर्माणको काम चलिरहेको छ । बस्तिमा निर्माण गरिने सडक, खानेपानी, शौचालय, विद्युत लगायतका संरचनाको निर्माण भने अन्यौल छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested