सन्दर्भ: राजदरबार हत्याकाण्ड

‘कलाकारलाई राजा वीरेन्द्रले जति माया र सम्मान कसैले गरेनन्’



दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गतेका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । यो हत्याकाण्ड नेपालको इतिहासको सबै भन्दा चर्चित घटना हो । राजा वीरेन्द्रको मायालु स्वभाव र सबै प्रति समान व्यवहारले सबैको मन जितेको थियो ।

गीत संगीत प्रेमी रहेको र कलाकारलाई माया र सम्मान गर्ने राजा रहेको त्यतिबेला उनी निकट कलाकार बताउँछन् । त्यसो त त्यतिबेला दरबारमा राजासँग बिताएका क्षणहरु कतिपय कलाकारको मन मस्तिष्कमा ताजा छन् । ती पललाई कसरी सम्झन्छन् त कलाकार ? यही विषयमा राजा वीरेन्द्रसँग निकट रहेका कलाकारको भनाई जस्ताको तस्तै:

जयनन्द लामा, गायक

वीरेन्द्र राजा भन्दा पनि एक विद्वान व्यक्ति हुनुहुन्थ्यो । त्यतिको विद्वान व्यक्ति धर्तीले पाउन गाह्रो हुन्छ । राजसंस्थाको हुकुमी शासन हुन्छ गाह्रो हुन्छ भनिन्थ्यो तर, राजा वीरेन्द्रको पालामा त्यस्तो शासन थिएन । उनका छोराहरु पनि त्यत्तिकै राम्रो हुनुहुन्थ्यो । म पनि केही समयकालसम्म उहाँहरुसँगै अत्यन्तै नजिक थिएँ । साथै, रेडियो नेपालमा लोकगीत प्रबन्धक भएर जागिर पनि खाएँ । तर, बहुदल आएपछि मलाई २०४६ सालमा मण्डले भनेर रेडियो नेपालको जागिरबाट निकाले ।

पदमुक्त गर्दाको कागज अझै मसँग छ । ‘रेडियो सेवा समितिमा हाल लोकगीत प्रबन्धक भई कार्यरत जयनन्द लामा निजले पञ्चायती गतिविधिमा संलग्न देखिएकाले श्री ५ को सरकार प्रजातान्त्रिक सरकार रहुन्जेलसम्म निज लामालाई कुनैपनि पदमा रहि काम कारवाही गर्न अयोग्य ठहराइ बर्खास्त गरिएको छ ।’ यो चिठी बेला–बेलामा मैले अझै पढ्ने गर्छु । तर, राजा वीरेन्द्रको मृत्यु पश्चात् जनताले एकदमै दुःख पाएका छन् । उहाँ भएको भए जनताले यति दुःख पाउने थिएनन् होला । राजा वीरेन्द्र प्रति समावेदना छ । उहाँको आत्माले शान्ति पाओस् । तपाईलाई नेपाली जनताले अझै पनि बिर्सेको छैनन् ।

मिलन मोक्तान, संगीतकार

गीत सगीतका शौखिन राजा वीरेन्द्रको नरम स्वभावको हुनुहुन्थ्यो । वीरेन्द्र सरकारसँग धेरै कार्यक्रममा हातेमालो गर्ने मौका पाएको थिएँ । उहाँ हुनु भएको भए देश अझै समृद्ध हुन्थ्यो होला । मैले उहाँको ७ वर्षसम्म निरन्तर जन्मोत्सवमा सहभागि हुने मौका पाएको थिएँ ।
जन्मोत्सवको अवसरमा देशभरका कलाकारलाई बोलाएर ‘राष्ट्रव्यापी लोक नृत्य प्रतियोगिता’ आयोजना हुन्थ्यो । उहाँको जन्मोत्सवमा सबै राजपरिवार नै आउनुहुन्थ्यो । मैले पनि उहाँलाई मेरा कार्यक्रममा निमन्त्रणा गर्थें २०५२–०५३ पछि प्रत्येक कार्यक्रममा सहभागी हुनुभयो ।

दरबारको स–सानो कार्यक्रममा पनि बोलाइरहनु हुन्थ्यो । साँच्चै भन्दा साथी जस्तै हुनुहुन्थ्यो । भेट्दा अंगालो हाल्नुहुन्थ्यो ।
सन् १९९९ मा दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा भएको थियो । यस खेलको दौरानमा हामी झन् नजिक भएका हौं । सागमा देशको संस्कृति चिनाउने शोको मलाई डाइरेक्टर बनाउनु भएको थियो । मैले उहाँसँग पाँच छ वर्षसँगै काम गर्ने मौका पाएको थिएँ ।

कुमार बस्नेत, गायक

राजा वीरेन्द्र लोक गीत–संगितमा एकदमै शौखिन हुनुहुन्थ्यो । उहाँले गर्दा नै नेपाली लोक संगीत माथि उठेको हो । त्यतिबेला राजाले कलाकारलाई कति मानमर्यादा गर्नुहुन्थ्यो, अहिले कसले गर्छ ? झलकमान गन्धर्व, लाल बहादुर खाती, लाल बहादुर गन्धर्व राजाका मनपर्ने गायक थिए । साथै, हाम्रो लोकगीतलाई पनि उत्तिकै मन पराउनुहुन्थ्यो ।

उहाँ उपस्थित हुनुभएको धेरै कार्यक्रममा गार्यौं । धेरै नजिक बसिएन तर हाम्रो गीतहरु सुनेर राम्रो लागेको खण्डमा धन्यवाद भन्नुहुन्थ्यो । मलाई पनि दरबारमा बोलाइरहनुहुन्थ्यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक