सरकारी खाद्यान्न घरमा होइन, टोल–टोलमा (भिडियोसहित)



कोरोना भाइरसका कारण देशभर निषेधाज्ञा जारी छ । सधैंको कोलाहल रहने काठमाडौैं उपत्यका सुनसान छ । किराना पसल तथा डिपार्टमेण्ट स्टोरहरु बन्द छन् । त्यसो त यतिबेला आम नागरिकका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड रामबाण साबित भएका छन् ।

खाद्यान्न अभाव भए सबैभन्दा पहिला जसलाई खाँचो छ त्यसले स्थानीय तह अर्थात् वडा कार्यालयमा समन्वय गर्नुपर्ने नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

यी दुई सरकारी संस्थाले आमनागरिकलाई अत्यावश्यक खाद्य सामग्री टोल–टोलमा पुर्याउन थालिसकेका छन् । उनीहरुले यो सेवा १४ जेठबाट सुरु गरेका हुन् ।

कसरी हुन्छ ढुवानी ?

खाद्यान्न अभाव भए सबैभन्दा पहिला जसलाई खाँचो छ त्यसले स्थानीय तह अर्थात् वडा कार्यालयमा समन्वय गर्नुपर्ने नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

‘अभाव भएको अवस्थामा पहिला स्थानीय तहसँग भन्नुपर्यो, त्यसपछि उहाँहरुले हामीलाई भन्नुहुन्छ । उहाँहरुसँगको समन्वयमा नै हामीले आवश्यक खाद्यान्न सामग्री त्यो टोलमा आफ्नै गाडीमा लगेर बेच्छौँ,’ उनले भनिन्, ‘पहिला कुन क्षेत्रमा धेरै माग छ, त्यहीँ हामी जानेछौँ ।’

यो सेवा २० गतेसम्मका लागि चल्नेछ । त्यसपछि यदि निषेधाज्ञा बढेमा यो सेवा पनि बढ्ने न्यौपानेले बताइन् । कुनै एकजना व्यक्तिको मात्र अर्डरलाई भने सम्बोधन गर्न अप्ठेरा पर्ने न्यौपाने बताउँछिन् । ‘धेरै माग आएपछि टोल–टोलमा हामी बेच्न सक्छौँ, त्यहिअनुसार योजना पनि बनाएका छौं,’ उनले भनिन्, ‘सोही अनुसार पहिलो दिन के कति माग आउँछ हेर्यौं र आजबाट सेवा दिन थालेका छौँ ।’

संस्थाले अहिले दाल, नुन, चामल, तेल जस्ता खाद्य सामग्रीहरु विक्री गरिरहेको छ । जसलाई फोन अथवा अनलाइनबाट पनि अर्डर गर्न सकिन्छ । अनलाइन अर्डर गर्नका लागि नेपाल फूड डट जीओभी डट एनपी सर्च गर्नुपर्ने हुन्छ ।

लिमिटेडले अहिले ३ वटा भ्यानबाट सेवा दिइरहेको छ । जसमा ९ जनालाई जिम्मा लगाइएको छ । यी तीनवटा भ्यानले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका खाद्य सामग्रीका मागलाई पूर्ति गर्ने काम गरिरहेको लिमिटेडका विभागीय प्रमुख सबल रिजाल बताउँछन् ।


खाद्य कम्पनी सँगै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आवश्यक खाद्य सामग्री ढुवानी गरिरहेको छ । संस्थाले २०७६ चैतबाटै टोल–टोलमा खाद्य सामग्री पुर्याइरहेको लिमिटेडका नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी बताउँछन् ।

‘यतिबेला हामीले मोबाइल भ्यानमा ५०–६० परिवारलाई पुग्ने सामान लिएर हामी एकैपटक जान्छौँ,’ उनले भने, ‘घुम्ति सेवाबाट के कति चाहिन्छ किन्न सक्नेछन् ।’

लिमिटेडले अहिले ३ वटा भ्यानबाट सेवा दिइरहेको छ । जसमा ९ जनालाई जिम्मा लगाइएको छ । यी तीनवटा भ्यानले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका खाद्य सामग्रीका मागलाई पूर्ति गर्ने काम गरिरहेको लिमिटेडका विभागीय प्रमुख सबल रिजाल बताउँछन् ।

कुन सामग्रीको मूल्य कति हो भन्ने कुरा गाडीमै टाँसिएको हुन्छ, त्यहाँबाट पनि सबै सामानको मूल्य थाहा पाउन सकिन्छ ।

संस्थामा शुक्रवार खासै माग आएको थिएन । त्यसैले पहिलो दिन भक्तपुर, कोटेश्वर र बालाजु क्षेत्रमा त्यहाँको अवस्था बुझ्नलाई खाद्य सामग्रीसहितका गाडी पठाइएको थियो । अब भने वडासँग समन्वय गरेर पठाउने सोच संस्थाले लिएको छ । यसो गर्दा धेरै मानिस लाभान्वित हुने रिजाल बताउँछन् । ‘हामीलाई धेरै जनाले फोन गरेर मेरो घरमा यो सामान ल्याइदिनुहोस् भन्नुभएको छ तर, यो बेलामा सम्भव छैन,उनले भने, ‘हामीसँग अहिले जनशक्ति र स्रोत साधन पर्याप्त छैन त्यसैले हामी टोल–टोलसम्म पुर्याउँछौं ।’

सरकारी कम्पनी र बजारको मूल्यमा कतिको फरक ?

यी सामग्रीहरुको मूल्य बजार भाउ जत्तिकै पर्ने रिजाल बताउँछन् । उनका अनुसार चिनी र ग्यासको मूल्य भने बजार मूल्य भन्दा सस्तो रहेको छ । कुन सामग्रीको मूल्य कति हो भन्ने कुरा गाडीमै टाँसिएको हुन्छ, त्यहाँबाट पनि सबै सामानको मूल्य थाहा पाउन सकिन्छ ।

‘हामीले जति माग भयो त्यति दिन सक्दैनौं,’ उनले भने, ‘सबै सामान एउटा सामान्य घरपरिवारलाई पुग्ने हिसाबले दिन्छाँै, तर कसैले आएर सबै दिनुहोस् भन्नुहुन्छ भने त्यसका लागि असमर्थ छौं ।’

सम्पर्क नम्बरको दुरुपयोग

सेवा सुरु भएको पहिलो दिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक जना सेवाग्राहीले फोन गरे । उनले आफ्नो घरमा तेल, चामल सकिएको गुनासो पोखे । फोन सोह्रखुट्टेबाट आएको थियो । उनले आफ्नो घरमा सकिएका सामग्रीहरुको बारेमा जानकारी गराएपछि कम्पनीले त्यहाँको स्थानीय तहसँग समन्वय गरेर पठाउने जानकारी दियो ।

तर, उनले हाम्रो घरमा सबै सामान छ, केही चाहिएकै छैन भन्दै फोन काटे । कोरोनाको यो बेलामा सहयोग गर्ने भन्दै नम्बर दिँदा केही मानिसले यसको दुरुपयोग समेत भएको कम्पनीकी सूचना अधिकारी न्यौपाने बताउँछिन् ।

‘सहयोग गर्नका खातिर नम्बर दिएका हौं,’ उनी भन्छिन्, ‘तर, यसरी दुरुपयोग हुँदा साँच्चै अप्ठेरो परेका मानिसले सेवा पाउनबाट बन्चित हुन सक्छन् । त्यसैले नै हामीले व्यक्तिपिच्छेको घरमा जान भन्दा टोलमा गएर आफैँ बेच्ने निर्णय गरेका हौँ ।’

भिडियो:



...
affepsy

Louis, a DuPont subsidiary that makes soy protein generic cialis cost I think they will grow more and more

...
Prealia

cheap cialis online That helps a lot actually

...
abobife

Furthermore, any effect on gonadotrope function does not appear to result from a direct effect of the transgene on gonadotropes in that the transgene is expressed only in the GH lineage where to buy cialis online safely including phenobarbital, may decrease tenofovir alafenamide levels in the body

...
Nubroms

There are some clinical case studies that have shown efficacy of topiramate for IIH symptoms 104, 105, 106, 107 best site to buy zithromax online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको