कुकुरले टोक्ने बित्तिक्कै गर्नुहोस् यस्ता प्राथमिक उपचार
कुकुरको टोकाइले संक्रमण फैलिने खतरा हुन्छ । कुकुरले टोकेपछि समयमै प्राथमिक उपचारमा ध्यान दिइयो भने गम्भीर अवस्था हुनबाट जोगाउन सकिन्छ । त्यसैले कुकुरले टोकेपछि गर्नुपर्ने प्राथमिक उपचारका बारेमा चर्चा गरिएको छ :
कुकुरले टोक्दा के हुन्छ ?
यदि कुनै व्यक्तिलाई कुकुरले टोकेको छ, यसले धेरै समस्याहरु निम्त्याउन सक्छ । ती जटिलताहरु मध्ये एक संक्रमण हो । कुकुरको मुखमा ब्याक्टेरिया हुन सक्छ । कुकुरले टोक्दा व्यक्तिमा त्यो सर्न सक्छ । कुकुरले टोक्दा घाउ भएको छ भने त्यस ठाउँमा किटाणुको संक्रमण हुन सक्छ ।
स्नायूप्रणालीमा क्षति
यदि कुकुरले धेरै गहिरो टोकेको छ भने यसले नशा, मांसपेशी र रक्तनलीहरुलाई हानि गर्न सक्छ । घाउ सानो देखीए पनि यी समस्याहरु हुन सक्छ ।
रेबिज
रेबिज एक गम्भीर भाइरल अवस्था हो जसले केन्द्रीय स्नायु प्रणालीलाई प्रभावित गर्दछ । यदि उपचार नगर्ने हो भने व्यक्तिको निधन समेत हुन सक्छ ।
प्राथमिक उपचार
– रगत रोक्नको लागि घाउ वा चोटको वरिपरि सफा तौलिया राख्नुहोस्
– घाउ भएको ठाउँलाई थोरै उचाइमा राख्न कोसिस गर्नुहोस्
– साबुन र पानीले घाउ भएको ठाउँमा सावधानीपूर्वक सफा गर्नुहोस्
– यदि एन्टिबायोटिक क्रिम छ भने त्यसलाई चोटमा लगाउनुहोस्
– अब घाउमा सफा पट्टी लगाउनुहोस्
– पीडितलाई डाक्टरकहाँ लैजानुहोस्
– एक दिनमा धेरै पटक पट्टी परिवर्तन गर्नुहोस्
– संक्रमणको संकेत जस्तै टोकेको ठाउँमा रातो, सुन्निने, दुखाई र ज्वरोलाई बेवास्ता नगर्नुहोस्
– अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुहोस्
Charis
We are a group of volunteers and opening a brand new scheme in our community. Your website offered us with useful information to work on. You have done an impressive activity and our whole neighborhood shall be grateful to you. Also visit my homepage; https://influence.co/phimsexkhongche